
नेपाल हेल्थ न्युज, नुवाकोट । बाल तथा एलर्जी रोग विशेषज्ञ स्वर्गीय डा. महेश कुमार गौतमको सम्झनामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री र छात्रवृति प्रदान गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टर्सले क्लबका पुर्व अध्यक्ष, स्वर्गीय डा. गौतमको सम्झनामा नुवाकोटको शान्तिदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी आइटम र स्कुल ब्याग वितरण गरेको हो ।
‘ज्ञानको उपहार’ नारा सहित विद्यार्थीलाई नियमित विद्यालय जान प्रोत्साहन गर्नका लागि कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष डा. एलिना कार्कीले जानकारी दिनुभयो । सोही अवसरमा विद्यालयका भित्तामा प्रेरणादायी पेन्टिङ समेत गरिएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुको आँखा जाँच समेत गरिएको क्लबका चार्टर अध्यक्ष तथा ‘डिस्ट्रिक ३२५ जी’का क्लस्टर ३ अध्यक्ष डा. तेजसु सिंह मल्लले जानकारी दिनुभयो ।
त्यस्तै, एकजना जेहेन्दार विद्यार्थीलाई ‘लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टर्स, डा. महेश गौतम मेमोरियल स्कोलसिप’ प्रदान गरिएको थियो । कक्षा ३ मा अध्ययनरत मञ्जु परियारलाई उक्त छात्रवृति प्रदान गरिएको हो । उक्त छात्रवृति क्लबकी कोषाध्यक्ष अस्बीना केसीले स्पोन्सर गर्नुभएको थियो ।
लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टरमा हाल एक सय जनाभन्दा बढी सदस्य आवद्ध रहेका छन् । क्लबको स्थापना लायन्स वर्ष २०२०–२०२१ मा भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय लायन्सबाट अवार्ड पाइसकेको यो क्लब शतप्रतिशत डाक्टर मात्रै आवद्ध भएको विश्वकै पहिलो क्लब हो ।
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

