
नेपाल हेल्थ न्युज, काठमाडौँ । जाडोयाममा विभिन्न किसिमका आँखा सम्बन्धि समस्या देखा पर्न सक्छन् । त्यसमध्ये एक हो ‘कन्जक्टिभाइटिस’ । यो आँखाको रोग हो, यसलाई ‘पिंक आई’ पनि भन्ने गरिन्छ । वातावरणीय र व्यवहारिक कारणले कन्जक्टिभाइटिसको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् ।
चिसो मौसममा मानिसहरु घर भित्रै एक अर्कासँग नजिक बस्न रुचाउँछन् । यस्तो अवस्थामा आँखाको भाइरल र ब्याक्टेरियल संक्रमण फैलिन सक्छ । घर बाहिरबाट आउने सुख्खा हावा र घर भित्र प्रयोग हुने ‘हिटिङ सिस्टम’ ले आँखाको जलन गराउन सक्छ । जसले आँखाको ‘नेचुरल टियर फिल्म’ लाई हानी पुर्याउन सक्छ ।
त्यस्तै जाडोयाममा आन्द्रताको कमिले आँखा वरिपरिका छाला सुख्खा र फुटेको महशुस हुन्छ । यसबाट आँखामा कीटाणु प्रवेश गर्न सक्छ । घरलाई पूर्ण रूपमा बन्द राख्दा खराब भेन्टिलेसनको कारण कन्जक्टिभाइटिस रोग निम्त्याउने भाइरसले हावाको माध्यमबाट आँखामा हानि पुर्याउन सक्छ ।
के हो कन्जक्टिभाइटिस ?
आँखाको कन्जक्टिभामा एलर्जी वा संक्रमणले सूजन हुँदा कन्जक्टिभाइटिस संक्रमण देखिन्छ । कन्जक्टिभा एक पातलो तन्तु हो, जसले आँखाको सेतो भागको बाहिरी र पलकको भित्री सतहलाई ढाकेर राखेको हुन्छ । यसले परेला र आईबललाई ओसिलो राख्न मद्दत गर्दछ । कन्जक्टिभाइटिस रोग एक वा दुवै आँखामा हुनसक्छ । साथै एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ ।
कसरी बच्ने ?
- जाडो मौसममा आँखाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । हात धोएरमात्र आँखा छुनुपर्छ ।
- तौलिया, तकिया, आँखा कस्मेटिक्स जस्ता व्यक्तिगत सामान सामुहिक रुपमा प्रयोग गर्नुहुँदैन । रुमाल, तकिया कभर, तौलिया जस्ता कपडाहरु राम्रोसँग धोएर मात्र प्रयोग गर्नुपर्छ ।
- कन्जक्टिभाइटिस संक्रमितको सम्पर्कमा आउनुहुँदैन । संक्रमितको लुगा र व्यक्तिगत सामानहरू राम्ररी धुनुपर्दछ ।
- रुघाखोकीको समस्या भए बारम्बार हात धुनुपर्दछ । अन्यथा यसले कन्जक्टिभाइटिसको समस्या निम्त्याउन सक्छ ।
- कन्जक्टिभाइटिस संक्रमण भए आँखामा कन्ट्याक्ट लेन्स लगाउनुहुँदैन । संक्रमण निको भएको ४८ घण्टासम्म लेन्स लगाउनु हुँदैन ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
