नेपाल हेल्थ न्युज,हुम्ला । चंखेली गाउँपालिका–६ की १८ वर्षीया धनशिला बुढाको आकस्मिक स्वास्थ्य समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको छ।
सुत्केरी पीडाबाट ग्रसित बुढालाई सुरुमा हुम्ला जिल्ला अस्पतालमा ल्याइए पनि आवश्यक उपचार सम्भव नहुँदा उनलाई अन्यत्र रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त प्रमुख प्रतिक्षा भारतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुढाको गर्भअवस्था ३२ हप्तामै सुत्केरी बेथा देखिएको थियो भने शरीरमा गम्भीर रक्तस्रावको समस्या देखिन थालेपछि जिल्ला अस्पतालबाट उपचार सम्भव नभएपछि तत्कालै उच्च चिकित्सा सेवा आवश्यक देखिएको हो।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको यो घटनामा नेपाली सेनाको सहयोगमा हवाईमार्ग प्रयोग गरी उनलाई सुर्खेत पुर्याइएको हो।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
