नेपाल हेल्थ न्युज,रौतहट । रौतहटको राजपुर नगरपालिका-४ मा बिना दर्ता सञ्चालन भइरहेको फार्मेसीमाथि अनुगमन गर्न गएका औषधि व्यवस्था विभागका कर्मचारीमाथि आक्रमण भएको घटनाप्रति नेपाल निजामती कर्मचारी युनियन, औषधि व्यवस्था विभागको प्राथमिक कार्य समितिले गम्भीर आपत्ति जनाएको छ।
युनियनका अध्यक्ष धीरज रौनियार र सचिव चतुर्भुज धनाडीको संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिमा दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ। विज्ञप्तिमा सरकारी कर्मचारीहरूलाई सुरक्षित र सम्मानजनक कार्य वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ।
घटनाको पृष्ठभूमिमा, औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जबाट शम्भु शाहको नेतृत्वमा गठन गरिएको संयुक्त टोलीमा फार्मेसी निरीक्षक ओम जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा सहभागी थिए। उजुरीका आधारमा जेठ ५ गते गरिएको अनुगमनको क्रममा ती कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरिएको थियो, जसमा उनीहरू घाइते भएका छन्।
युनियनले यो कार्यलाई गम्भीर आपराधिक गतिविधिका रूपमा व्याख्या गर्दै भनिएको छ, “कर्तव्य निर्वाहका क्रममा आक्रमण हुनुले कर्मचारीको मनोबलमा नकारात्मक असर पार्नुका साथै जनताको सेवामा अवरोध पुर्याउँछ।” युनियनले घाइते कर्मचारीप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
