नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं महाधिवेशनमा उहाँले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग गाँसिएको भन्दै स्वास्थ्यकर्मीले नागरिक र राष्ट्रिय दायित्व दुबै बुझ्नुपर्ने बताउनुभयो ।
ओलीले चिकित्सक र नर्सले कठिन परिस्थितिमा पनि जीवन बचाएको अनुभव सुनाउँदै डाक्टरहरू भगवानभन्दा महान् हुने बताउनुभयो । बिरामी हुन नदिनै ध्यान दिनुपर्नेमा जोड दिँदै ओलीले सस्तो र सजिलो तरिकाले गुणस्तरीय उपचार दिनुपर्ने धारणा राख्नुभयो ।
चिकित्सा विज्ञानको प्रगतिका कारण आफू आज जीवित रहेको उल्लेख गर्दै ओलीले रोकथाममा केन्द्रित स्वास्थ्य सचेतनामा महासंघले भूमिका खेलोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
