नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं महाधिवेशनमा उहाँले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग गाँसिएको भन्दै स्वास्थ्यकर्मीले नागरिक र राष्ट्रिय दायित्व दुबै बुझ्नुपर्ने बताउनुभयो ।
ओलीले चिकित्सक र नर्सले कठिन परिस्थितिमा पनि जीवन बचाएको अनुभव सुनाउँदै डाक्टरहरू भगवानभन्दा महान् हुने बताउनुभयो । बिरामी हुन नदिनै ध्यान दिनुपर्नेमा जोड दिँदै ओलीले सस्तो र सजिलो तरिकाले गुणस्तरीय उपचार दिनुपर्ने धारणा राख्नुभयो ।
चिकित्सा विज्ञानको प्रगतिका कारण आफू आज जीवित रहेको उल्लेख गर्दै ओलीले रोकथाममा केन्द्रित स्वास्थ्य सचेतनामा महासंघले भूमिका खेलोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
सिट र शुल्क तत्काल पुनरावलोकन गर्न निजी मेडिकल कलेज सञ्चालकको माग
शुक्रबार, असोज २३, २०८३ट्रेन्डिङ
