नेपाल हेल्थ न्युज, काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि निर्वाचन प्रक्रिया विवादमा तानिएको छ। महाधिवेशनमा अध्यक्ष पदमा डा. सन्तोष पौडेल सर्वसम्मत चयन भएको घोषणा गरिएको छ, तर निर्वाचन समितिले प्रक्रियागत त्रुटि भएको भन्दै चुनाव स्थगित गरेको छ।
महाधिवेशनमा एमाले नेताहरू भानुभक्त ढकाल र कृष्णगोपाल श्रेष्ठको सक्रिय भूमिकाले विवाद चुलिएको हो। उनीहरूले चुनावी प्रक्रियामा हस्तक्षेप गरी आफू अनुकूलका उम्मेदवारलाई पद बाँडफाँट गरेको आरोप लागेको छ।
घोषित नयाँ नेतृत्वः
अध्यक्षः डा. सन्तोष पौडेल
उपाध्यक्षः रामहरि ढकाल (खुला) र अमृता बराल (महिला)
महासचिवः भीमराज सिंह
उपमहासचिवः खगराज पोखरेल
सचिवहरूः रुपा केसी, अनुपसिंह क्षेत्री, चन्द्रबहादुर सुनार, हरिन्द्र यादव
निर्वाचन समितिको आपत्ति
निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै भनेको छ कि “सर्वसम्मतिको प्रयास भन्दै पटक–पटक समय मागियो, तर अन्तिममा निर्वाचन समितिलाई जानकारी नदिई एकलौटी रूपमा पदाधिकारीको नाम घोषणा गरिएको छ। यस्तो कार्य महासंघ र पार्टीको विधानविपरीत भएकाले बाँकी निर्वाचन प्रक्रिया हाललाई स्थगित गरिएको छ।”
के भयो महाधिवेशनमा ?
सुरुमा ९ पदाधिकारीको नाम घोषणा गरिएको थियो, तर हलमै प्रतिनिधिहरूले त्यसलाई अस्वीकार गरे।
त्यसपछि निर्वाचन समितिले औपचारिक प्रक्रिया सुरु गर्यो।
तर अध्यक्ष मण्डलका नेताहरूले फेरि निर्वाचन समितिमाथि दबाब दिँदै एकलौटी निर्णय गरेका आरोप छन्।
अहिले के छ स्थिति ?
घोषणा गरिएका पदाधिकारीहरूलाई निर्वाचन समितिले प्रमाणपत्र दिन अस्वीकार गरिसकेको छ। समितिले निर्वाचन प्रक्रिया वैधानिक नभएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो। स्वास्थ्य खबर
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
