नेपाल हेल्थ न्युज, काठमाडौं । ‘किमो थेरापी त कति गाह्रो हुन्छ होला !’ सरिता दिदीले अस्पतालको चिसो कोरिडोरमा बसेर आफ्नो श्रीमानको रिपोर्ट हेर्दै भन्नुभयो । सायद धेरै नेपालीको मनमा यही डर हुन्छ—क्यान्सरको उपचार भनेको किमो थेरापी हो र किमो थेरापी भनेको दुःख र पिडा मात्रै हो ।
तर किमो थेरापी भन्दैमा डराइहाल्नुपर्दैन ।
क्यान्सर उपचारमा अब किमो थेरापी मात्र होइन, टार्गेटेड थेरापी र इम्युनो थेरापी जस्ता प्रविधिहरू पनि उत्तिकै प्रभावकारी छन् । पहिले सबै बिरामीलाई किमो दिइन्थ्यो । तर अहिले जीन टेष्टमार्फत पत्ता लाग्छ कि बिरामीलाई कुन खालको औषधि उपयुक्त हुन्छ । जीन पोजेटिभ देखिएमा टार्गेटेड–इम्युनो थेरापी दिइन्छ, जुन उपचार सरल, सटीक र धेरै बिरामीका लागि लाभदायक हुने देखिएको छ ।
साइड इफेक्टको डर किन हुन्छ ?
किमो थेरापीमा साइड इफेक्ट देखिन सक्छ । तर सबैमा देखिन्छ भन्ने होइन । सही जानकारी नपाएसम्म बिरामीहरू आत्तिन्छन् । त्यसैले किमो थेरापी सुरु गर्नुअघि रगत परीक्षण, मिर्गौलाको कार्यक्षमता मूल्यांकन जस्ता आवश्यक जाँच गरिन्छ ।
परामर्शको शक्ति
सही परामर्श आधा उपचार हो । किमोथेरापी दिँदा बिरामी र परिवारलाई विस्तृत जानकारी दिने हो भने डर कम हुन्छ र बिरामी मानसिक रूपमा तयार हुन्छन् ।
सबैका लागि समान उपचार
भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक रूपमा कमजोर बिरामी बढी आउने गर्छन् टार्गेटेड–इम्युनो थेरापी अझै महँगो भएकाले सबैलाई सजिलै उपलब्ध छैन । तरसही बिरामीलाई, सही समयमा, सही औषधि दिन सकियो भने परिणाम धेरै राम्रो आउँछ ।
निष्कर्ष
किमो थेरापी भन्नेबित्तिकै डराउनु पर्दैन । अहिले चिकित्सा विज्ञानले क्यान्सर उपचारलाई धेरै सहज बनाएको छ । साँचो कुरा के हो भने—डर होइन, जानकारी लिनुपर्छ । सही परामर्श, सही परीक्षण र विश्वासका साथ सुरु गरिएको उपचारले जीवनलाई फेरि नयाँ सुरुवात दिन सक्छ ।
(डा. साह जो विगत २० वर्षदेखि भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
नर्स र स्वास्थ्यकर्मीको न्याय, पारदर्शिता र मानवीयताको निर्णायक आन्दोलन
शनिबार, कात्तिक ८, २०८२
नर्स आन्दोलनः आत्मसम्मान र समानताको पुनर्जागरण
शुक्रबार, कात्तिक ७, २०८२
रुघाबाट बच्ने उपाय र घरेलु उपचारहरू
बुधबार, असोज २९, २०८२
महिलाहरूलाई पुरुषहरूको तुलनामा चिसो किन बढी महसुस हुन्छ ?
सोमबार, असोज २७, २०८२
