नेपाल हेल्थ न्युज, चितवन । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अस्पतालबाट निस्कने फोहरलाई वैज्ञानिक र वातावरणमैत्री तरिकाले व्यवस्थापन गर्दै आएको छ। अस्पतालले स्रोतमा नै फोहर वर्गीकरण गरी बायोग्यास उत्पादन तथा माइक्रोवेभ प्रविधिसहितको स्रेडिङ मेसिन प्रयोग गरेर फोहर प्रशोधन गरिरहेको छ।
बायोमेडिकल इञ्जिनियर रुपेश मिश्रका अनुसार, अस्पतालमा दुई प्रमुख प्रविधि प्रयोगमा छन्—बायोग्यास प्लान्ट र माइक्रोवेभ स्रेडिङ मेसिन। खानाका कुहिने फोहरबाट बायोग्यास उत्पादन गरिन्छ भने अन्य बायोमेडिकल फोहर (जस्तै सिसा, निडल, सर्जिकल ब्लेड, प्लास्टिक) माइक्रोवेभ प्रविधिबाट प्रशोधन गरिन्छ। यो मेसिन २५० लिटर क्षमताको छ र ३० मिनेटमै फोहरलाई सानो टुक्रामा परिणत गर्दै निसंक्रमण गर्छ। यस प्रक्रियाबाट फोहरको आयतन ८५५ र तौल २५५ घट्छ।
फोहर संकलन गर्दा रंगअनुसार (रातो, हरियो) डस्टबिन प्रयोग गरिन्छ र कर्मचारीलाई सुरक्षा उपकरण जस्तै पन्जा, मास्क, हेल्मेट, गमबुट, र विशेष पोशाक उपलब्ध गराइएको छ। निरन्तर एउटै जिम्मेवारीमा खटिने कर्मचारीहरूको मानसिक र शारीरिक सुरक्षाका लागि हरेक ६ महिनामा रोटेसनको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइएको छ।
अस्पतालले हाल ‘फोहरबाट मोहोर’ कार्यक्रमअन्तर्गत प्रशोधनयोग्य वस्तु बिक्री गरेर आम्दानी गर्ने योजना अघि बढाएको छ। भरतपुर महानगरसँगको सहकार्यमा बोलपत्र आह्वान भइसकेको र सम्झौता प्रक्रिया अगाडि बढिरहेको कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिनुभयो।
अस्पतालले तरल फोहर व्यवस्थापनका लागि पनि अलग प्लान्ट निर्माण गर्ने तयारी गरेको छ। हाल निस्कने फोहोर पानीलाई नर्कट प्रणाली र साना ढुंगाबाट छानेर शुद्ध पारिन्छ र वातावरणमैत्री रूपमा बाहिर निकालिन्छ।
डा. पौडेलका अनुसार वातावरणीय प्रदूषण क्यान्सरजस्ता रोगको बाह्य कारणमध्ये एक भएकाले अस्पतालले फोहर व्यवस्थापनलाई विशेष प्राथमिकता दिएको हो। राज्यका लागि चुनौतीपूर्ण विषय मानिएको अस्पतालजन्य फोहर व्यवस्थापनमा क्यान्सर अस्पतालले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उदाहरणीय काम गरिरहेको छ। रासस
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
