नेपाल हेल्थ न्युज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रमा कति ध्यान दिएको हो भन्ने विषयमा अन्योल देखिएको छ। बजेट पुस्तिकामा स्वास्थ्यसँग सम्बन्धित विभिन्न शीर्षकहरू समेटिए तापनि, अधिकांशमा विनियोजन गरिएको रकमको विवरण उल्लेख गरिएको छैन।
यसले जनस्वास्थ्य, औषधि आपूर्ति, स्वास्थ्य पूर्वाधार तथा जनशक्ति व्यवस्थापनजस्ता महत्त्वपूर्ण पक्षहरूमा खर्च कति हुनेछ भन्ने बुझ्न कठिन बनाएको छ। ‘आवश्यक विनियोजन’ मात्र उल्लेख गरेर छाडिएको विवरणले योजनाको पारदर्शिता तथा कार्यान्वयन क्षमतामाथि नै प्रश्न उठाएको छ।
नीति तहमै उल्लेख गरिएका कार्यक्रमहरूका लागि स्पष्ट रकम छुट्याइएन भने त्यो या त बजेट तयारीमा कमजोरी हो, या त सरकार स्वयं अन्योलमा रहेको सङ्केत मानिएको छ। चिकित्सक तथा विश्लेषकहरूले बजेट कति प्रभावकारी रूपमा स्वास्थ्य क्षेत्रतर्फ केन्द्रित छ भन्ने मूल्याङ्कन गर्न आवश्यक सूचनाको अभाव भएको बताउनुभएको छ।
स्वास्थ्य क्षेत्रका विज्ञ डा. अमृत जैशीका अनुसार, “प्रत्येक शीर्षकमा आवश्यक रकम छुट्याइएको हो भन्ने अस्पष्ट टिप्पणी मात्र राखेर छाड्नु लापरबाही हो। यस्तो अवस्थाले कार्यान्वयनमा समेत असर पार्न सक्छ।”
यस वर्षको बजेटमा शिक्षा र भौतिक पूर्वाधार क्षेत्रका केही योजनाहरू स्पष्ट रूपमा प्रस्तुत गरिए पनि, स्वास्थ्य क्षेत्रमा देखिएको अस्पष्टता प्रदेश सरकारको प्राथमिकता र तयारीप्रतिको शंका उत्पन्न गराउने विषय बनेको छ। आगामी दिनहरूमा बजेट विवरणलाई थप स्पष्ट बनाइ योजनाहरूको खर्च विवरण सार्वजनिक गर्ने मागसमेत उठ्न थालेको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
