नेपाल हेल्थ न्युज, गण्डकी । पोखरा महानगरपालिकाले ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको छ। पोखरा-८ सिमलचौरबाट सुरु गरिएको यो घुम्ती सेवा अन्य वडाहरूमा समेत विस्तार गरिने महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ।
महानगरका प्रमुख धनराज आचार्यका अनुसार, नगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर छ र यस अभियानलाई सबै वडा तथा टोलमा विस्तार गर्ने योजना रहेको छ। यसअघि वडा नं २५ हेम्जामा ‘नागरिक आरोग्य कार्यक्रम’ अन्तर्गत घरघरमा स्वास्थ्य सेवा दिइएको थियो।
स्वास्थ्य महाशाखाको आयोजनामा र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा सञ्चालन भएको यो अभियान अन्तर्गत असार ७ गतेसम्म वडा नं ८ का १७ टोलमा शिविर सञ्चालन हुने जनाइएको छ। आइतबार र सोमबार सञ्चालन भएको शिविरबाट ३०० भन्दा बढी नागरिक लाभान्वित भइसकेका छन्।
केंद्रका प्रमुख कुश्मराज सुवेदीले विशेषगरी नसर्ने रोगको जाँच, औषधि सेवनको अनुगमन तथा आवश्यक परामर्श प्रदान गरिने जानकारी दिनुभयो। साथै, सरकारले सूचीकृत गरेका औषधिहरू निःशुल्क वितरण गरिने र अस्पताल जानुपर्ने अवस्थाका बिरामीलाई उचित सल्लाह दिइने उहाँले बताउनुभयो। रासस
यस अभियानमार्फत महिलाहरूलाई प्रजनन स्वास्थ्य, मनोरोग, सरुवा रोग तथा दीर्घ रोगसम्बन्धी सचेतना र परामर्श पनि प्रदान गरिँदैछ। समुदायस्तरमा स्वास्थ्यप्रति जागरूकता र प्रवर्द्धनलाई प्राथमिकता दिइएको स्वास्थ्य महाशाखाले जनाएको छ।
श्रीलङ्कामा डेङ्गु नियन्त्रणमा सेना परिचालन
मंगलबार, असार ९, २०८३
राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
मंगलबार, असार ९, २०८३
१४ संघीय अस्पतालमा जलन उपचार युनिट स्थापना
मंगलबार, असार ९, २०८३
सन् २०२० यता ११ हजारभन्दा बढी चिकित्सक विदेश पलायन
मंगलबार, असार ९, २०८३
