नेपाल हेल्थ न्युज, । चितवनको राप्ती नगरपालिकामा स्रोत अभाव देखाउँदै ७२ जना ज्यालादारी कर्मचारी हटाइएपछि स्वास्थ्य सेवा क्षेत्रमा ठुलो समस्या देखिएको छ। नगरप्रमुख शमशेर लामाले दैनिक ज्यालादारीमा रहेका कर्मचारी हटाइएपछि स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा ठप्प भएको जानकारी दिनुभएको छ।
पहाडी क्षेत्रका कान्दा, कालीटार, वाकराङ, अमृतपानी र परेवाकोटमा रहेका स्वास्थ्य केन्द्रहरू बन्द भएका छन्। यी क्षेत्रहरूमा चेपाङ समुदायको संख्या बढी रहेको छ। स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा रोकिएको नगरप्रमुख लामाले बताउनुभयाो।
यस्तै, दुई एम्बुलेन्स चालक हटाइएपछि निःशुल्क सेवा दिँदै आएका दुई एम्बुलेन्स पनि चलाउन सकिएको छैन्। क्यान्सर, मिर्गौला र मुटुको बिरामीलाई अस्पतालसम्म लैजान समस्या देखिएको छ।
नगरपालिकाको भण्डारा अस्पतालमा पनि पाँच मध्ये तीन जना चिकित्सक हटाइएपछि चौबिसै घण्टे सेवा प्रभावित भएको छ। प्रमुख प्रशासकीय अधिकृतको अभावले औषधि खरिदमा समस्या भएपछि आंशिक सेवा समेत बन्द हुन सक्ने स्थिति आएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
