नेपाल हेल्थ न्युज, धरान । धरान उपमहानगरपालिकाले चिकित्सकको सल्लाह (प्रिस्क्रिप्सन) बिना औषधि बिक्री वितरणमा कडाइ गर्ने निर्णय गरेको छ। हालै विभिन्न औषधि पसलमार्फत प्रिस्क्रिप्सनविनै औषधि बिक्री भइरहेको गुनासोपछि नगर कार्यपालिकाले यस्तो निर्णय लिएको हो।
नगर कार्यपालिकाले धरान क्षेत्रभित्र सञ्चालित सबै औषधि पसल तथा औषधिजन्य व्यवसायहरूलाई अबदेखि चिकित्सकको निर्देशन बिना औषधि बिक्री नगर्न निर्देशन दिएको छ। नगरपालिकाको स्वास्थ्य महाशाखालाई अनुगमन गर्न निर्देशन दिइएको छ भने यो सूचना नगर प्रमुख तथा उपप्रमुखको सचिवालयमा समेत पठाइएको छ।
प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाका अनुसार, औषधिको दुरुपयोग रोक्न र जनस्वास्थ्यलाई सुरक्षित राख्न यो निर्णय गरिएको हो।
नगरपालिकाले सबै व्यवसायीलाई कानुनी दायराभित्र रही उत्तरदायी बन्न आग्रह समेत गरेको छ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
