नेपाल हेल्थ न्युज काठमाडौं । नेपाल औषधि आयातकर्ता संघको आठौँ महाधिवेशन शनिबार राजधानीमा सम्पन्न भएको छ, जसबाट पवनकुमार आचार्य संघको नयाँ अध्यक्षका रूपमा निर्विरोध चयन हुनुभएको छ। यसअघि महासचिवको जिम्मेवारी सम्हालिरहनुभएका आचार्यले अब अध्यक्षको भूमिका निर्वाह गर्नु हुनेछ।
महाधिवेशनबाट संघको पूर्ण कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरिएको हो। दुई उपाध्यक्षको रूपमा पृथ्वीराज वैद्य र सुमन कयाल चयन हुनुभएको छ। त्यस्तै, महासचिवमा मधु पौडेलले जिम्मेवारी सम्हाल्नु भएको छ।
संघको सचिवमा सुरेश पट्वारी र कोषाध्यक्षको रूपमा सन्दिप खनाल निर्वाचित हुनुभएको छ। कार्यसमितिमा सदस्यका रूपमा मुकुन्दराज भण्डारी, सुसिलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारीकराना, निरजकुमार झा, शितोष शाह, डा. आनन्दा राजभण्डारी, सुरज टिवरीवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रुङ्गटा र डा. अबल हुसेन अन्सारी चयन हुनुभएको छ। बाँकी एक जना सदस्यको मनोनयन अध्यक्षले गर्ने बताइएको छ।
पदभार ग्रहणपश्चात् अध्यक्ष आचार्यले सबै औषधि आयातकर्ताको हित र आमनागरिकको सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, औषधि आयातसम्बन्धी नीति निर्माणमा संघको राय अपरिहार्य हुनुपर्ने बताउँदै, उपेक्षा भए त्यसको विरोध गरिने स्पष्ट सन्देश दिनुभयो।
स्वास्थ्य चुनौती समाधान गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य : मन्त्री मेहता
मंगलबार, चैत २४, २०८२
उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ, अस्पतालमा भर्ना
मंगलबार, चैत २४, २०८२
बीमाबाट स्वास्थ्य सेवा लिनेलाई भेदभाव गर्न नपाइने, औषधि अस्पतालमै अनिवार्य
मंगलबार, चैत २४, २०८२
