नेपाल हैल्थ न्युज, काठमाडौं । पशुपति आर्यघाट सेवा केन्द्रमा लामो समयदेखि आयुर्वेदिक सेवा दिँदै आउनुभएका सुवर्ण वैद्यको निधन भएको छ। त्रिशूल जात्रामा सहभागी भएर फर्कने क्रममा गत मङ्गलवार दुर्घटनामा परेका वैद्यको आइतबार राति उपचारकै क्रममा निधन भएको हो।
वि.सं. २००६ साल असार १५ गते जन्मिनुभएका वैद्यको निधन ७६ वर्षको उमेरमा भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको अन्तिम संस्कार आइतबार नै सम्पन्न गरिएको थियो।
स्व. वैद्यले विशेषगरी पशुपतिमा ल्याइएका गम्भीर अवस्थाका बिरामीहरूलाई आयुर्वेदिक औषधि प्रयोग गरी सेवा प्रदान गर्नुहुन्थ्यो। उहाँको उपचारबाट धेरै बिरामीहरू लाभान्वित भएका थिए र केहीले त नयाँ जीवन नै प्राप्त गरेका थिए।
काठमाडौँ महानगरपालिका–८ मा उहाँले २०४६ र २०६३ सालमा वडा अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।
उहाँको निधनप्रति सम्मानस्वरूप आइतबार वडाभर सार्वजनिक बिदा दिइएको थियो। साथै श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर वडा कार्यालयको प्राङ्गणमा राखिएको थियो, जहाँ स्थानीय बासिन्दा, शुभेच्छुक तथा सेवाग्राहीहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
