नेपाल हेल्थ न्युज, काठमाडौं । गोरखापत्र दैनिकका वरिष्ठ संवाददाता सरोज ढुंगेललाई यस वर्षको ‘सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उहाँलाई उक्त पुरस्कारले सम्मान गरिएको हो।
ढुंगेल विगत १५ वर्षभन्दा लामो समयदेखि स्वास्थ्य पत्रकारितामा समर्पित हुनुहुन्छ। पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उहाँलाई नगद पुरस्कारसहित सम्मान गर्नुभएको थियो।
स्वर्गीय सुदर्शन देवकोटाको १८औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो।
सारदा सुदर्शन देवकोटा फाउण्डेशन र स्वास्थ्य पत्रकार मञ्चको संयुक्त आयोजनामा विगत पाँच वर्षदेखि निरन्तर रूपमा यो पुरस्कार प्रदान हुँदै आएको छ। पुरस्कारमा नगद ३३ हजार ३३३ रुपैयाँ समावेश गरिएको छ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
