नेपाल हेल्थ न्युज, विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालले मंगलबारदेखि शल्यक्रिया सेवा औपचारिक रूपमा प्रारम्भ गरेको छ।
नयाँ निर्माण गरिएको शल्यकक्ष र शल्यक्रिया वार्डको स्थापनापछि अस्पतालले पहिलोपटक एक २८ वर्षीय पुरुष बिरामीको कुमको सफल शल्यक्रिया सम्पन्न गरेको हो। उक्त अपरेशन हाडजोर्नी विभागका उप–प्राध्यापक डा. रोबिन श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो।
शल्यक्रिया टोलीमा हाडजोर्नी सर्जन डा. धीरज सिंह र एनिस्थेसियोलोजिस्ट डा. विकास अधिकारी समेत संलग्न हुनुहुन्थ्यो। उहाँहरूको समन्वयमा सम्पन्न पहिलो शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ।
सेवाको औपचारिक उद्घाटन कार्यक्रममा विश्वविद्यालयका डीन डा. शैलेश मणि पोखरेलले अस्पतालमा अब नियमित रूपमा शल्यक्रिया सेवा प्रदान गर्ने जानकारी दिनुभयो। उहाँले शल्यक्रिया सेवा सुरु भएसँगै मोरङ र आसपासका क्षेत्रका नागरिकलाई समयमै आवश्यक उपचार उपलब्ध गराउन सहज हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा अस्पतालका निर्देशक, विभिन्न विभागका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, तथा विश्वविद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
