नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६२ जना चिकित्सकहरूलाई एकैपटक पार्टीमा स्वागत गर्नुभएको छ।
विशेष कार्यक्रमका बीच आयोजित प्रवेश समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिहरूको यस्तो ठुलो संख्यामा एकैसाथ पार्टीमा आवद्ध हुनु ऐतिहासिक महत्वको विषय भएको धारणा व्यक्त गर्नुभयो। उहाँले विशेषगरी तीमध्ये अधिकांश चिकित्सक मधेश प्रदेशका हुनुले यस घटनालाई झन अर्थपूर्ण बनाएको उल्लेख गर्नुभयो।
अध्यक्ष दाहालले संविधानमा समावेश गरिएको ‘स्वास्थ्यको हक’ अझै व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन नहुनु दुःखद विषय भएको बताउँदै स्वास्थ्य सेवा जनताको आधारभूत अधिकारको रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा केही सुधार देखिए पनि त्यो पर्याप्त नभएको धारणा पनि उहाँले व्यक्त गर्नुभयो। उहाँका अनुसार राज्यले लिएको नीति र जनअपेक्षाबीच अझै दूरी रहेको छ, र त्यसलाई कम गर्न थप प्रयास आवश्यक छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
