नेपाल हेल्थ न्युज, सिन्धुली । हरिहरपुरगढी सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै ‘नमूना स्वास्थ्य संस्था’ घोषणा गरिएको छ।
शनिबार जनस्वास्थ्य कार्यालय सिन्धुलीले आयोजना गरेको विशेष कार्यक्रममार्फत स्वास्थ्य चौकीलाई उक्त उपाधि प्रदान गरिएको हो। कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले स्वास्थ्य चौकीले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा जिल्लाकै सबैभन्दा उच्च ९० अंक प्राप्त गरेपछि नमूना स्वास्थ्य संस्था घोषणा गरिएको जानकारी दिनुभएको छ।
सो अवसरमा प्रमुख पटेलले हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबालाई प्रमाणपत्रसहित आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रमअघि पटेलको नेतृत्वमा जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले स्वास्थ्य चौकीको निरीक्षण तथा अवलोकन गरेका थिए।
स्वास्थ्य सेवा गुणस्तर वृद्धिको उदाहरणको रूपमा महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई नमूना बनाइएको जनस्वास्थ्य कार्यालयको भनाइ छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
