नेभिगेशन
शून्यबाट सिर्जना

नेपालको पहिलो आईभीएफ विशेषज्ञ  डा.सानुमैंया श्रेष्ठको जीवन समर्पित ‘खाली कोख’ भर्ने कथा

ललितपुरको सातदोवाटोस्थित क्रियटर्स आईभीएफ नेपालभित्र पस्दा, त्यहाँ एउटा विशेष ऊर्जा महसुस गर्न सकिन्छ । बिहान ८ बजेतिर नै सेन्टरका हरेक कुनामा हलचल सुरु भइसकेको हुन्छ—‘दम्पतीको फलोअप, नयाँ जोडीको काउन्सिलिङ, ल्याबभित्र इम्रियो हेर्ने काम, अनि समर्पित टोलीको समन्वय । क्रियटर्स आईभीएफ नेपालमा नेपालकै पहिलो निःसन्तान एवं आईभीएफ विशेषज्ञ  डा. सानुमैया श्रेष्ठ प्रधान र उहाँको टिम निःसन्तानको उपचारमा दैनिक बिहानदेखि सक्रिय रुपमा खट्ने गर्छ ।

यो सेन्टर वर्षौंदेखि खाली कोख भर्न समर्पित छ । उहाँको प्रयास र सक्रियताबाट नेपालका हजारौं निःसन्तान दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् । खाली कोख बोकेर आउने सयौं महिलाका अनुहारमा सन्तानको उज्यालो देख्न पाउनु, डा. सानुमैंयाका लागि जीवनको सार बनेको छ । 


अष्ट्रेलियादेखि सातदोबाटोसम्मको यात्रा
‘म २००४ को फेब्रुअरी २८ मा आईभीएफको अध्ययन सकेर अष्ट्रेलियाबाट नेपाल फर्कें’—डा. सानुमैंया सम्झनुहुन्छ—‘त्यही वर्ष सन् २००४ कै जुलाईमा ओम आईभीएफ सेन्टर सुरु भएको थियो । सोही सेन्टरमा सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने मौका पाएँ । तीन वर्ष (२००४–२००७)  सम्म परीक्षण, उपचार र विश्वास निर्माणमा त्यहीँ लागिपरेँ ।

 सन् २००७ देखि २०१५ सम्म आफ्नै एकल नेतृत्वमा ग्लोबल हस्पिटल अन्तर्गतको आईभीएफ नेपाल प्रा.लि. सञ्चालन गरेँ । यो समय ‘सीप परीक्षण’ भन्दा पनि ‘दृष्टिकोण निर्माण’ को चरण बन्यो । १० वर्षको त्यो अनुभवपछि मलाई निकै आत्मविश्वास बढ्यो ।

सन् २०१५ अगष्ट २६ मा आफ्नै ब्रान्ड क्रियटर्स आईभीएफ नेपाल प्रा.लि. स्थापना गर्न सफल भएँ ।’ नाममै अर्थ बोकेको यो संस्था आज आईभीएफ सफलताको नयाँ प्रतीक बनेको छ—जहाँ विज्ञान, करुणा र संवेदनशीलताको संगम पाइन्छ । ‘क्रियटर्स भनेको नै सिर्जना गर्ने भन्ने हो । हामी जीवन सिर्जना गर्छौं । यो मेरो जीवनको सबैभन्दा भावनात्मक पाटो हो’—उहाँ भावुक हुँदै बताउनुहुन्छ ।

अष्ट्रेलियाबाट सिकिएको पाठ: 

इन्फर्टिलिटी ट्रीटमेन्टमा ‘डिटरमिनेसन’ को नयाँ संस्कार 
यहाँ दैनिक दर्जनौंको संख्यामा सन्तान सुख प्राप्त गर्ने अभिलासा बोकेर उपचारका लागि आउने दम्पतीहरुको भीड लाग्छ । बर्षौदेखि सन्तानको तड्पाइमा रहेका दम्पतीको सन्तान सुख पछिको खुशी निकै मर्मस्पर्शी पाइन्छ । एउटा सफल उपचार पद्धतिलाई केवल औषधि वा प्रविधिले मात्र परिभाषित गर्दैन ।

त्यसका लागि गहिरो डिटरमिनेसन, क्लिनिकल सिस्टम र संवेदनशील व्यवहार चाहिन्छ । ‘इन्फर्टिलिटी दम्पतीहरूको ट्रिटमेन्टमा डिटरमिन हुन जरुरी छ’—उहाँ भन्नुहुन्छ—‘मैले यो कुरा नेपालमा होइन, अष्ट्रेलियामा सिकेकी हुँ ।’ उहाँका पाँचजना गुरुहरू, सबैजना इन्फर्टिलिटीका कन्सल्ट्यान्ट स्पेसलिस्ट हुनुहुन्थ्यो । ती गुरुहरूसँग ओपीडीमा बसेर डा. सानुमैंयाले उपचार भन्दा पहिले ‘कसरी’ सेवा दिन सकिन्छ भन्ने कुरा बुझ्न पाउनुभयो ।

‘त्यहाँका नर्सहरूको व्यवहार, काउन्सिलिङ स्टाइल र सम्पूर्ण सिस्टम नै क्लोज र डिटरमिन थियो । म त्यसबाट निकै प्रभावित भएँ’— उहाँ स्मरण गर्नुहुन्छ । अष्ट्रेलियामा इन्फर्टिलिटी उपचारको प्रक्रिया निकै टाइट सिस्टमभित्र चलाइन्छ । डाक्टरदेखि नर्ससम्म, काउन्सिलिङदेखि इम्ब्रियो ट्रान्सफरसम्म सबै कुरामा एकरुपता, व्यवसायिकता र कडाइ हुन्छ ।

Screenshot-2025-06-03-171312-1752066257.JPG

 

नेपालमा त्यही अभ्यास
नेपाल फर्किएपछि एक दशकको अनुभवपछि डा. सानुमैंयाले आफ्नै क्लिनिक स्थापना गर्नुभयो । ‘अव सञ्चालन मेरो हातमा थियो, त्यसैले जस्तो सिस्टम मैले सिकेँ, ठ्याक्कै त्यही सिस्टम यहाँ उतारिरहेकी छु’— उहाँ भन्नुहुन्छ । ‘हामी बिहान ८ बजे नै स्टाफहरूसँग मिलेर सर्कल सिस्टम सुरू गर्छौं । त्यो सबै स्टाफको डिटरमिनेसनमा आधारित हुन्छ, पेसेन्ट नसकेसम्म सबै होल स्टाफले निरन्तर काम गर्छन्— उहाँ गर्वका साथ भन्नुहुन्छ—‘सबैलाई क्लोज्ली र टाइट्ली काम गराउँछौं । हाम्रो सिस्टम कडा छ, तर प्रभावकारी छ’ । 
सेवा भन्दा बढी ‘मानवता’
प्रत्येक दम्पतीको पीडा, आशा र संघर्ष आफ्नै हुन्छ । त्यसैले प्रत्येक केसमा समय दिइन्छ । काउन्सिलिङमा संवेदना मिसाइन्छ र उपचारमा प्रतिबद्धता राखिन्छ । ‘थकित त भइन्छ, तर त्यही कामको सन्तुष्टिले नयाँ उर्जा दिन्छ’—उहाँ भन्नुहुन्छ—‘हामी बिहान ८ बजेदेखि बेलुका ३ बजे सम्म काम गर्छौं । ४ बजेसम्म गर्नुपर्ने हो, तर समयमै सकेपछि स्टाफ पनि फ्रेश हुन्छन् ।’ यो प्रबन्धन शैली, समय व्यवस्थापन र सेवामा समर्पण देख्दा लाग्छ, नेपालमा पनि यदि डिटरमिनेसन भएमा ‘इन्फर्टिलिटी उपचार’ जस्तो संवेदनशील क्षेत्रमा पनि उत्कृष्टता सम्भव छ ।


अष्ट्रेलियाबाट ल्याएको सपना 
नेपालमा आईभीएफ सेवा नयाँ उचाइमा
विभिन्न अवरोधका बाबजुत पनि यो विधामा अध्ययन गर्न पाउने डा. सानुमैयाँ लक्की हुनुभयो । त्यतिबेला युनिभर्सिटी डिग्री प्राप्त आइभिएफ. विशेषज्ञको रुपमा डा. सानुमैयाँ श्रेष्ठ बाहेक अरु देखिएन । डा. सानुमैंयाले अष्ट्रेलिया अवार्डस् स्कलरसिप अर्थात् असएड छात्रावृत्तिमा न्यू साउथ वेल्स विश्वविद्यालयबाट स्त्री तथा प्रसुती रोगमा एम.एस्सी.गर्नुभयो ।

 साथै सिड्नीस्थित रोयल हस्पिटल फर ओमेनमा इन्भिट्रो फर्टिलाइजेसन (आईभीएफ) विषयमा थप अध्ययन सफल गर्नुभयो । सन् २००४ फेब्रुअरीमा नेपाली दम्पतीको खाली कोख भर्ने तीव्र इच्छा बोकेर स्वदेश फर्किनुभयो डा. सानुमैंया । त्यो बेला नेपालको ओम हस्पिटलमा विदेशी आईभीएफ विशेषज्ञको सहयोगमा व्याचमा आइभीएफ उपचार सुरु गर्न भौतिक पूर्वाधारको निर्माण हुँदै थियो ।

‘मैले आईभीएफ, आईयुआई, स्टिमुलेसन लगायत सबै रिप्रोडक्टिभ मेडिसिनका विधाहरू अष्ट्रेलियामा सिकिरहेकी थिएँ’—उहाँ सम्झिनुुहुन्छ—‘तर सोच्थेँ, नेपाल गएर के काम गर्ने होला ? कहाँ फिट हुने होला ?’ त्यो चिन्ताले कहिलेकाहीँ रातको निन्द्रा उडाउँथ्यो । तर सँगै थियो —सशक्त आत्मविश्वास ।
 

सुनौलो संयोग
त्यही बेला नेपालमा बाहिरबाट स्पेशलिष्ट ल्याएर आइभीएफ सेवा सुरु गर्न लागिएको हल्ला उहाँको कानमा पुग्यो । यो खबरले डा. सानुमैंयालाई उत्साहित बनायो । नेपाल आइपुग्दा त्यो हल्ला सत्य भइसकेको थियो । 
 

पहिलो पाइला, अग्रपंक्तिको योगदान
‘तर जहाँसम्म मलाई लाग्छ, जुन स्तरको स्टडी मैले अष्ट्रेलियाबाट गरेँ, जुन किसिमको एक्सपोजर पाएँ—त्यो बेलासम्म नेपालमा त्यो स्तरको इन्फर्टिलिटी ट्रिटमेन्ट र डेडिकेसन मैले देखिनँ’—उहाँ ठोकुवा गर्नुहुन्छ ।

नेपाल आउँदा यो विधामा उहाँले प्राप्त गरेको स्तरको शिक्षा र अभ्यास अन्य कसैमा भेटिएन । ‘म फस्ट थिएँ । त्यो स्तरको ज्ञान र सीप लिएर आउँदा म आफूलाई अग्रपंक्तिको एक प्रतिनिधि ठान्छु’—डा. सानुमैंया गर्वका साथ भन्नुहुन्छ । अष्ट्रेलियाको क्लोज सिस्टम, उच्च डिटरमिनेसन, संवेदनशील काउन्सिलिङ शैली र व्यवसायिक सिस्टमले आज धेरै दम्पतीहरूलाई गर्भधारणको आशा र जीवनमा नयाँ सुरुआत दिएको छ ।

Screenshot-2025-06-03-171538-1752066306.JPG

जब विदेशको शिक्षा मातृभूमिमा बोल्छ
कहिलेकाहीँ मानिसले सिकेका कुरा ठूला प्रमाणपत्रमा होइन, व्यवहारमा देखिनुपर्छ । डा. सानुमैंयाले सिकेको काउन्सिलिङ, ओपीयू र इम्ब्रियो ट्रान्सफरको संवेदनशीलता—सबै उहाँले नेपालमै कार्यान्वयन गर्नुभएको छ । ‘हामीले क्लोज सर्कल सिस्टम लागू गरेका छौं । डिटरमिनेसन र टाइट को—अर्डिनेसनका साथ काम गर्छौं’—उहाँ बताउनुहुन्छ । नेपालमा इनफर्टिलिटीको उपचार क्षेत्रमा उहाँजस्तो अग्रगामी सोच भएका व्यक्तिहरूको उपस्थिति नितान्त आवश्यक छ । उहाँ भन्नुहन्छ—‘सिर्जना विदेशमा हुन्छ । तर सपना आफ्नै देशमा पूरा  गर्नुपर्छ ।’

डा. सानुमैयाँ श्रेष्ठ र  इन्डिभिजुअलाइज्ड आईभीएफको संस्कार
क्रियटर्स आईभीएफ नेपालले शुरुवाती चरणदेखि नै इन्डिभिजुअलाइज्ड आईभीएफ उपचारको अभ्यास गर्दै आएको छ ।  इन्डिभिजुअलाइज्ड आईभीएफ उपचारले बिरामी सुहाउँदो ट्रिटमेन्ट प्रोटोकल दिन मिल्छ । जसले आईभीएफको सफल दर बढाउन मद्धत गर्छ ।  नेपालमा इन्डिभिजुअलाइज्ड आईभीएफ नेपाली नै विशेषज्ञद्धारा सुरु गर्ने डाक्टर सानुमैयाँ पहिलो हुनुहुन्छ । 
बाध्यताले गरिने ब्याच आईभीएफ


नेपालमा इनफर्टिलिटी उपचारको सुरुवाती चरण सरल थिएन । डा. सानुमैंया सम्झिनुहुन्छ—‘त्यो बेला व्याच आईभीएफ गर्न बाध्य नै थियो । हामीसँग इन्हाउस इम्ब्रियोलोजिष्ट थिएन । एक जनाले ट्रेनिङ लिएकाले मात्रै पुग्दैन । टेस्ट ट्युब बेबी बनाउन टिमवर्क चाहिन्छ ।’ त्यतिबेला भारतबाट विशेषज्ञ बोलाएर एउटा व्याच तयार पारिन्थ्यो र एउटै समयमा धेरै महिलालाई एउटै प्रकारको हर्मोनल उपचार दिइन्थ्यो । ‘मिले पनि नमिले पनि एउटै प्रोटोकल दिइन्थ्यो—जस्तो कि एउटै साइजको लुगा सबैलाई लगाइदिएको होस् । तर यस्तो उपचारले धेरैमा सफलता दर घटाइरहेको थियो ।
 

असन्तुष्टि र आत्मसंघर्ष
डा. सानुमैंयाले अष्ट्रेलियामा हरेक बिरामीको आवश्यकताअनुसार प्रोटोकल फरक–फरक हुने अभ्यास देख्नुभएको थियो—‘आवश्यकता अनुसार कसैलाई एन्टागोनिस्ट, कसैलाई सर्ट, कसैलाई लङ प्रोटोकल ।’ नेपालमा त्यसको ठिक उल्टो थियो । ‘म फ्रस्टेट हुन थालेँ’ उहाँले भन्नुभयो—‘म आफैंले पनि सर्टेन टाइमसम्म ब्याच आईभीएफ गर्नुप¥यो । तर यो मोडेलले सबैलाई न्याय दिन सक्दैन भन्ने थाहा थियो ।’

सपना : इन्डिभिज्युअल ट्रिटमेन्टको सुरुवात्
धेरै समयसम्म अरूको लगानीमा बनेका संस्थाहरूमा काम गर्दा डा. सानुमैंयाको विचार लागू गरिदैनथ्यो । उहाँले भन्नुभयो—‘अरुले लगानी गरेको ठाउँमा काम गर्दा मैले चाहेको जस्तो उपचार सुविधा दिन सकिनँ । त्यसैले मैले आफूले नेतृत्व गर्ने एउटा नयाँ केन्द्र खोल्ने सपना देखेँ—जहाँ हरेक निःसन्तान महिलालाई उस्तै नजरले हैन, उनीहरूको शरीर र आवश्यकताअनुसार हेर्ने दृष्टिकोण अपनाइनेछ ।’ क्रियटर्स आईभीएफ नेपाल यही सोचबाट जन्मिएको थियो । यो सुरु गर्न उहाँका सामु शुरुमा आर्थिक कठिनाइ थियो । ‘आफ्नै आर्थिक अवस्था कमजोर थियो’—उहाँले भन्नुभयो—‘ऋण लिएर जोखिम उठाउन सजिलो थिएन ।’ तर सपना यति बलियो थियो कि त्यो जोखिम लिन उहाँ तयार हुनुभयो । 


परिवर्तनको प्रभाव : सफलता दरको वृद्धि
क्रियटर्स आईभीएफ नेपाल स्थापना भएपछि डा. श्रेष्ठको एउटै मूल उद्देश्य रह्यो— ‘हरेक निःसन्तान दम्पतीलाई वैज्ञानिक आधारमा पर्सनलाइज्ड प्रोटोकल दिनु ।’ ‘जब हरेक महिलाको शरीर अनुसार उपचार हुन्छ । सफलता दर चमत्कारी रूपमा बढ्छ’—उहाँले भन्नुभयो—‘हामी जबर्जस्ती एउटै तरिका अपनाउँदैनौँ ।  त्यो नै हाम्रो सफलताको रहस्य हो ।’
 

सफलताको सूत्र

आईभीएफ उपचारमा टिमवर्क, काउन्सिलिङ र सहानुभूतिको समिश्रण 
निःसन्तान सामाजिक समस्या हो । मानसिक पीडाबाट मुक्त गराएपछि मात्र राम्रो रिजल्ट प्राप्त गर्न मद्दत गर्छ । यसमा टिमवर्क र राम्रो काउन्सिलिङको ठूलो भूमिका हुन्छ । आईभीएफ भनेको एउटा टिमवर्क हो ।

 त्यो टिमले फूल सर्कलमा बसेर एक अर्कालाई सुनेर, बिरामीलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।’– डा. सानुमैंया भन्नुहुन्छ । ‘बिरामीलाई खरर टोकन लेखेर औषधि दिएर मात्र हुँदैन’—उहाँ भन्नुहुन्छ—‘उपचारको प्रत्येक पक्ष बुझ्न दिँदा मात्र उनीहरु आत्मविश्वासका साथ अगाडि बढ्न सक्छन् ।’
Screenshot-2025-06-03-171420-1752066378.JPG
 

टिम नै शक्ति हो
आईभिएफ (इन भिट्रो फर्टिलाइजेसन) उपचार एक अत्यन्तै संवेदनशील र प्राविधिक प्रक्रिया हो । यसका हरेक चरण एक अर्कासँग गाँसिएका हुन्छन् । त्यसैले सफल उपचारका लागि एउटा बलियो र समर्पित टिम अपरिहार्य हुन् । डा. सानुमैंया भन्नुहुन्छ—‘यो एउटा टिमवर्क हो । टिममा डाक्टर, नर्सिङ टिम, इम्ब्रियोलोजी ल्याब टिम, सपोर्टिङ स्टाफ सबैको उत्तिकै योगदान चाहिन्छ ।

सबै मिलेर टुगेदर काम गरे मात्र सफलता दर बढ्छ ।’ यस प्रक्रियामा इम्ब्रियो बनाउन प्रयोगशालामा हुने कार्य होस् वा दम्पतीलाई सान्त्वना दिन सघाउने स्टाफको भूमिका सबै उत्तिकै महत्वपूर्ण हुन्छ । हरेक सदस्यले आफ्नै ठाउँबाट ‘फुल सर्कल’ मानसिकताका साथ काम गर्नु आईभीएफ सफलताको पहिलो सर्त हो ।
 

नेतृत्वको भूमिका
आईभिएफ सेन्टरले राम्रो लिडरसिप लिन सक्यो भने त्यसको प्रभाव सिधै उपचारको सफलतामा देखिन्छ । ‘जुन सेन्टरको लिडरसिप क्लियर छ, जसले टिमलाई सहकार्यमा जोड्न सक्छ, त्यहाँ बिरामी पनि सहज महसुस गर्छन्’—डा. सानुमैंयाको अनुभव छ । उपचारप्रति टिमको कमिटमेन्ट, बिरामीप्रति इमानदार जानकारी, नियमित फोलोअप र रिपोर्टिङ—यी सबैले गर्दा केन्द्रप्रति बिरामीको भरोसा बढ्छ ।

इमोस्नल काउन्सिलिङ पनि आवश्यक
आईभीएफ प्रक्रियामा बिरामी शारीरिक मात्र नभई मानसिक र भावनात्मक उतारचढावबाट पनि गुज्रन्छन् । ‘हामीले बिरामीसँग सहानुभूति राख्नुपछ। बिरामीको पीडा आफ्नै हो भन्ने महसुस गर्न सक्नुपर्छ’—डा. सानुमैंया बताउनुहुन्छ ।  उहाँ अष्ट्रेलियामा रहँदा हरेक बिरामीसँग विस्तृत काउन्सिलिङ गर्नुहुन्थ्यो । एउटै औषधिको प्रयोग किन भइरहेको छ ? त्यसको उद्देश्य के हो? कसरी असर गर्छ? उपचारको कुन चरणमा कस्तो तयारी गर्नुपर्छ? यस्ता सबै कुराको जानकारी दिएर मात्र उपचार प्रक्रिया अघि बढ्थ्यो । नेपालमा पनि उहाँले मेडिकल मात्र होइन, इमोस्नल काउन्सिलिङसहितको उपचार पद्धति अपनाउनुभएको छ  ।

आईभीएफको चरणः बिरामीलाई दिइने जानकारी
अझ स्पष्ट पार्न डा. सानुमैंया आईभीएफको मुख्य प्रोटोकल र तिनका चरणबारे बताउनुहुन्छ । 
लङ, सर्ट र एन्टागोनिस्ट प्रोटोकलः हरेक बिरामीको अवस्था अनुसार कुन प्रोटोकल अपनाउने भन्ने निर्धारण गरिन्छ ।
इन्जेक्सन शुरु गर्ने समयः अण्डाशयलाई उत्तेजित गर्न प्रयोग हुने इन्जेक्सनको समय तालिका आवश्यक पर्छ ।
मोनिटरिङ विधिः अल्ट्रासाउन्ड तथा ब्लड टेस्टको माध्यमबाट अण्डाको अवस्था जाँचिन्छ ।
इम्ब्रियो निर्माण प्रक्रियाः अण्डा र शुक्रकिटलाई प्रयोगशालामा मिलाएर भ्रूण (इम्ब्रियो) तयार गरिन्छ ।
इम्ब्रियो ट्रान्सफरः भ्रूण तयार भएपछि कुन स्टेजमा कति वटा भ्रूण गर्भाशयमा स्थानान्तरण गर्ने भन्ने निर्णय हुन्छ । यी सबै चरणमा दम्पतीलाई एकएक जानकारी दिइन्छ । उनीहरुलाई अचम्ममा नपारीकन हरेक कुरामा समावेश गरिन्छ ।

आदेश होइन, सहकार्य 
‘बिरामीसँग हामीले आदेश दिने शैली होइन, सहकार्य गर्ने शैली अपनाउनुपर्छ’—डा. सानुमैंया भन्नुहुन्छ—‘उनीहरुको मनोविज्ञान बुझ्न सक्यौं भने आधा उपचार त्यहीं सकिन्छ ।’ अधिकांश दम्पतीलाई उपचार भन्दा पहिले नै औषधि, सुई, खर्च, समाजको दृष्टिकोण, असफलताको डर हुन्छ । यी सबैले मनमा बोझ बनाएको हुन्छ । उहाँको अनुभवमा, जब यी डरलाई सम्बोधन गरिन्छ तब बिरामी उपचारप्रति बढी प्रतिबद्ध हुन्छन्।

Screenshot-2025-06-03-171237-1752066448.JPG

सफलताको सुत्र 
आईभीएफ उपचार एक विज्ञान हो, तर केवल प्रविधि भरपर्दो हुँदैन । उपचारको सफलता सूत्र भनेको समर्पित टिम, स्पष्ट मेडिकल र इमोस्नल काउन्सिलिङ र बिरामीसँगको आत्मीय सम्बन्ध हो।डा. सानुमैंया जस्ता चिकित्सकको कार्यशैलीले नेपालमा पनि आईभिएफको सफलताको दर दिनप्रतिदिन बढ्दैछ । तर यो टिम वर्क, सहानुभूति र सचेत जानकारीमार्फत सम्भव भएको छ । ‘हामी जब बिरामीलाई साथीझैँ माया गर्छौं, उनीहरुले हामीमाथि भरोसा राख्छन् । अनि उपचारले पनि साथ दिन्छ’—उहाँ मुस्कुराउँदै भन्नुहुन्छ ।

निःसन्तानताको पीडाबाट प्रेरणासम्म

अनुभूति र अठोट

धेरै निःसन्तान दम्पतीको खाली कोख भर्न पाउँदा अहिले डा. सानुमैयाँ निकै खुशी हुनुहुन्छ । तर, विवाहपश्चात् लामो समयसम्म  आफ्नो बच्चा नहुँदाको पीडाले पनि कहिलेकाहीँ झस्काउँछ ।  सन् १९९४ तिर उहाँले बेलायतमा ‘पार्ट वन एमआरसीओजी’ को तयारी गरिरहनुभएको थियो । उहाँ गाइनेकोलोजीको पढाइको अन्तिम चरणमा हुनुहुन्थ्यो ।

पेशागत अभ्यास सुरु गर्न आतुर उहाँ अचानक दुई घटनाले झस्किनुभयो जसले उहाँको सोचाइ मात्र बदलेन, भविष्यको मार्ग नै परिभाषित गरिदियो । पहिलो घटना थियो—एकजना महिला गाइनेकोलोजिस्टको पीडा, जो आफैं ९ वर्षदेखि निःसन्तान थिइन् । अर्को थियो—एकजना एजोस्पर्मिया (वीर्यमा शुक्रकिट नभएको अवस्था) भएका पुरुष डाक्टरले आत्महत्या गरेको खबर । यी घटनाले उहाँलाई गहिरो असर पुर्यायो ।

‘त्यसबेला मलाई पहिलोपल्ट थाहा भयो—बच्चा नहुनुको पीडा कति गहिरो हुँदो रहेछ’— उहाँ भन्नुहुन्छ—‘डाक्टर भएर पनि यस्तो अवस्था भोग्नुपर्छ भन्ने सोच्नै सकिएन ।’ नेपालमा त्यो समय निःसन्तान उपचारको अवस्था अत्यन्तै कमजोर थियो । आधारभूत परीक्षण र सामान्य सल्लाहबाहेक आईयूआई, आईभीएफ जस्ता प्रविधिहरूको नामनिशान थिएन । ‘त्यो बेला न त उपचार पथ स्पष्ट थियो, न विशेषज्ञता’—उहाँ भन्नुहुन्छ—‘बिरामी कता जाने, कसलाई भेट्ने, कस्तो उपचार लिने भन्ने थाहा नै हुँदैनथ्यो ।’

व्यक्तिगत पीडा : जब चिकित्सक आफैंको गर्भाधान हुन नसक्दा
पछि उहाँको विवाह भयो । पेशागत व्यस्तता र नेपाली समाजमा ढिलो विवाह सामान्य जस्तै थियो । तर विवाहपछि उहाँले पनि त्यही अवरोधको सामना गर्नुभयो—‘गर्भधारणमा समस्या ।’ नेपालमै केही डाक्टरसँग परामर्श गर्नुभयो ।

तर अनुभव सुखद् थिएन । ‘सजिलो काउन्सिलिङ त परै जावस्, सामान्य सहानुभूतिको अनुभूति पनि भएन’—उहाँ सम्झिनुहुन्छ । कहिलेकाहीँ आशा भन्दा संयोग बलियो हुने रहेछ । सामान्य परीक्षणकै क्रममा उहाँ गर्भवती हुनुभयो । यद्यपि त्यो क्षणले उहाँलाई ती अघिल्ला घटनाहरू झल्झल्ती सम्झायो—‘निःसन्तानताको मानसिक पीडा र नेपालमा त्यसको उपचारको अभाव ।’

त्यही पीडाबाट जन्मियो सेवा गर्ने अठोट

‘मैले महसुस गरेँ—निःसन्तानताको उपचारमा हामी डाक्टरको भूमिका केवल औषधि मात्र दिने होइन, विश्वास दिलाउने पनि हो—उहाँ भन्नुहुन्छ—‘त्यही बिन्दुबाट मैले यो फिल्डमा लाग्ने अठोट गरें ।’

आज उहाँ नेपालकी चर्चित फर्टिलिटी विशेषज्ञ हुनुहुन्छ । उहाँले आईयूआई, आईभीएफ, आईसीएसआई, हर्मोन थेरापी लगायतका प्रविधिमार्फत सयौँ निःसन्तान दम्पतीलाई सफलतापूर्वक सन्तान पाउने अवसर दिलाइसक्नुभएको छ । तर उहाँ बारम्बार भन्नुहुन्छ—‘उपचार त प्रोटोकल हो । तर बिरामीलाई सहानुभूति, ढाढस र सही सूचना दिनु नै ठूलो सेवा हो ।’
 

नेपालमा अझै समस्या 
नेपालमा अहिले पनि धेरै दम्पती निःसन्तानताको समस्याबाट गुज्रिरहेका छन् । यसमा आर्थिक अभाव, जानकारीको कमी, लाज र सामाजिक दबाव मुख्य छन् । यी सबै कारणले उपचार ढिलो हुने वा नगर्ने अवस्था रहिरहेको छ । ग्रामीण क्षेत्रका महिलाहरू अझै पनि निःसन्तान भएकै कारण मानसिक हिंसा, सामाजिक बहिष्कार र सम्बन्धविच्छेदसम्मको शिकार भइरहेका छन् । तर अहिले केही चिकित्सकहरूले यो समस्यालाई गम्भीर रूपमा लिइरहेका छन् ।

बिस्तारै फर्टिलिटी सेन्टरहरू स्थापना हुँदै गएका छन् । तर अझै पनि निःसन्तानतालाई सामान्य स्वास्थ्य समस्या होइन—‘लाजको विषय’ को रूपमा हेरिने चलन बदलिन सकेको छैन । अतः निःसन्तानता रोग हो, लाज होइन । निःसन्तानता आजको युगमा उपचार सम्भव समस्या हो ।

तर सामाजिक चेतना, भावनात्मक सहारा, सही उपचार प्रणाली र योग्य चिकित्सकको साथबिना समाधान कठिन हुन्छ । डाक्टर स्वयंको व्यक्तिगत पीडाले जन्माएको यो यात्राले प्रमाणित गर्छ—जब पीडा बुझ्ने मान्छे उपचार गर्छ, तब यो सँगै आशा पनि पाइन्छ ।
Screenshot-2025-06-03-172140-1752066505.JPG
 

अष्ट्रेलियन स्कलरसिप

जीवन बदल्ने मोड
‘त्यो बेला अष्ट्रेलियन एड स्कलरसिप भनेर आउँथ्यो’—उहाँ सम्झनुहुन्छ—‘पहिला त सरकारी स्टाफहरूलाई मात्र दिइन्थ्यो । तर लक्कीले पछि फ्री कम्पिटिसनमा खुल्ला गरियो ।’ त्यो अवसरका ढोका खुलेसँगै उहाँले आवेदन दिनुभयो र ठ्याक्कै फिट हुनुभयो । स्कलरसिप पाएर अष्ट्रेलिया पुग्नुभयो र त्यहाँको शिक्षाले उहाँलाई अझ मजबुत बनायो । ‘मैले पढेर सिकेर फर्किएँ । अनि त्यही ज्ञानको आधारमा अहिलेको प्राक्टिस सम्भव भएको हो’—उहाँ गर्वका साथ भन्नुहुन्छ ।
 

बिरामीको कथा कण्ठमा 
पारामिटरकै आधारमा बच्चा हुने नहुने अनुमान गर्न सकिने 

डेडिकेटेड टिम र उपचारको लामो अनुभवले अहिले डा. सानुमैयाँ र उहाँको टिम उपचार सफल हुने नहुने  राम्रैसँग आँकलन गर्न सक्ने भइसकेको छ । ‘एउटा बिरामीको हिस्ट्री यति गहिरो बुझिएको हुन्छ कि कण्ठै भएको जस्तो लाग्छ’—गर्व मिश्रित आत्मविश्वासका साथ उहाँ भन्नुहुन्छ । महिनावारीको लास्ट साइकलदेखि शारीरिक, मानसिक र औषधीय प्रतिक्रियासम्म सबै कुरा उहाँको टिमलाई थाहा हुन्छ ।

‘लास्ट साइकलमा यस्तो प्रतिक्रिया थियो, त्यसैले अबको साइकलमा यसरी गर्दा सफलता मिल्नेछ भन्ने इनसाइट आफैँ विकसित हुन्छ ।’—उहाँ भन्नुहुन्छ । धेरै वर्षको अनुभवले उहाँलाई त्यो स्तरमा पुर्याएको छ, जहाँ बिरामीको अवस्था हेरेर भन्न सकिन्छ—‘यो कन्सिव हुनेछ ।’ त्यो भविष्यवाणी जस्तै लाग्ने अनुमान पनि प्रायः सही सावित हुने गर्छ ।

‘शत्प्रतिशत नहुनसक्छ । तर धेरैजसो समय बच्चा हुने नहुने अनुमान पारामिटरकै आधारमा गर्न सकिन्छ’—उहाँ स्पष्ट पार्नुहुन्छ । तर यो अनुमान केवल ज्ञानको परिणाम होइन—यो हो निरन्तर अभ्यास, एकाग्रता र समर्पणको फल । ‘एउटा बिरामीलाई तन, मन, र धन दिएर उपचार गर्यो भने ऊ बच्चा बिना बस्नुपर्दैन । एक साइकलमा भएन भने अर्को, फेरि अर्को प्रयास गरिरहन्छौं—जहाँसम्म लाग्छ सफल गराएरै छाडिन्छ भन्ने कन्फिडेन्स आइसकेको छ मलाई ।’—उहाँ बताउनुहुन्छ । 

सन्तानको आशा

 भर्याङको यात्राबाट शिखरसम्म
वास्तवमा निःसन्तान उपचार गर्न आएको सबै व्यक्तिलाई आईभीएफको जरुरत पर्दैन । तर, धैर्यता भने राख्नुपर्छ । उहाँ भन्नुहुन्छ—‘अब बच्चा बिना कोही बस्नुपर्दैन ।’ भेटघाट एकदमै सामान्य तर संवेदनशील हुन्छ । कहिले उहाँ आफैँ बिरामीसँग कुराकानी गर्नुहुन्छ, कहिले उहाँका प्रशिक्षित सहकर्मी । काउन्सिलिङको सुरुवात् सधैं छोटो इतिहास लिने कामबाट सुरु हुन्छ । त्यो ‘सर्ट हिस्ट्री’—जसमा लेखिन्छ दम्पतीको विगत, प्रयास, हताश र अझै बाँकी रहेको आशा । उहाँ भन्नुहुन्छ—‘सुरुवात्मै हामी बुझ्ने गर्छौं कि समस्या कहाँ छ । त्यसपछि भ¥याङ जसरी उपचार अगाडि बढाउँछौं—एक चरण पार गरेपछि मात्र अर्को चरणतर्फ । नेपालमा धेरै दम्पतीहरू आज पनि निःसन्तानताको पीडामा बाँचेका छन् । तर उहाँ भन्नुहुन्छ—‘अब त्यो अवस्था पुरानो भयो । प्रजनन स्वास्थ्य र उपचार प्रविधिमा भएको तीव्र प्रगतिको कारणले अब ‘सन्तान नभएको’ भन्ने बाध्यता निकै हदसम्म घटेको छ ।

प्रकृतिप्रति भरोसा
धेरै दम्पतीहरू सिधै आईभिएफ गर्न खोज्दै आउँछन् । उनीहरूमा हतारो हुन्छ, निराशा हुन्छ, अनि हुन्छ डर । तर उहाँ सान्त्वना दिनुहुन्छ, मार्ग देखाउनुहुन्छ—‘म त भन्छु, होसियार भएर अघि बढ्नुहोस् । सबैलाई आईभिएफ आवश्यक हुँदैन । धेरैलाई त सहवासको समय मिलाएर, जीवनशैली सुधारेर, सामान्य परामर्श दिएर पनि बच्चा भएको छ ।’ धेरै महिला प्राकृतिक उपायले गर्भवती भएका छन् । साथै आईभीएफ जस्तो महँगो र मानसिक रूपमा चुनौतीपूर्ण उपचारमा लाग्नुपर्ने अवस्था टर्ने गर्छ । यसले खर्च मात्र होइन, एक ठूलो मनोवैज्ञानिक तनाव पनि घटाउँछ ।’
 

सस्तो उपायः आईयूआई
यदि प्राकृतिक उपायबाट सम्भव भएन भने दोस्रो भ¥र्याङ हो — आईयूआई । धेरै दम्पतीले यही उपायबाट सफलता पाएका छन्। ‘आईयूआईबाट पनि धेरैको गर्भ रहन्छ। हामी सधैं दम्पतीको अवस्थाअनुसार उपचार मोडालिटी छान्छौं— सस्तो, सुरक्षित र प्रभावकारी बाटोबाट सुरु गर्छौं’—उहाँ भन्नुहुन्छ । 
 

जब आईभीएफ नै अन्तिम विकल्प हुन्छ
आईभीएफ सबैभन्दा अन्तिम उपाय हो । विशेषगरी दुवै ट्युव ब्लक भएको, शुक्रकिटको गुणस्तर अत्यन्त कमजोर भएको वा अघिल्ला प्रयासहरू विफल भएका अवस्थामा मात्र यसको आवश्यकता पर्छ।उहाँ बताउनुहुन्छ— ‘हामी कहिल्यै सिधै आईभिएफमा लैजादैनौंं । सबै विकल्प सकिएपछि मात्र अन्तिम चरणमा पुग्छौं । तर आईभिएफ आजको मितिमा निकै सफल र भरपर्दो उपाय बनेको छ ।’

धैर्यता, आशा र नयाँ प्रविधि
उहाँ जहिले पनि धैर्यता र आशाको कुरा गर्नुहुन्छ—‘दम्पतीहरुले धैर्य गर्नुभयो भने एउटा न एउटा साइकलबाट कन्सिव हुनुहुन्छ नै ।’ आज विज्ञानले धेरै सम्भावना खोलिदिएको छ । अघिल्लो पुस्तामा जुन समस्या समाधान हुन नसक्ने मानिन्थ्यो, अहिलेका प्रविधिहरूले त्यसलाई सहज बनाइदिएका छन् । ‘मलाई लाग्छ—अब बच्चा बिना कोही बस्नुपर्दैन’—उहाँ आत्मविश्वासका साथ भन्नुहुन्छ ।
 निःसन्तानता केवल शारीरिक होइन,

सामाजिक र मानसिक चुनौती
निःसन्तान हुनुमा पनि धेरै कारण रहेका छन् । तर राम्रो उपचार कहाँ हुन्छ भनेर सम्बन्धित व्यक्ति आफैले छनोट गर्नुपर्छ । ‘हामी कहाँ बिरामी आउँछ । तर उसमा रोग छैन—डा. सानुमैंया भन्नुहुन्छ —‘शरीर स्वस्थ देखिन्छ ।

तर मनभित्र धेरै बोझ बोकेको हुन्छ । उनीहरू आफैंलाई दोषी ठान्छन् । समाजको अपेक्षाबाट थिचिएका हुन्छन् । इन्फर्टिलिटीसँग जुध्ने दम्पतीहरू धेरै पटक मानसिक रोगी जस्तै बाँचिरहेका हुन्छन् ।

उनीहरू निराश हुन्छन् । थकित हुन्छन् । कहिलेकाहीँ एकआपसमा दोषारोपणसम्म पुग्छन्। ‘धेरै पटक राम्रो परिणाम आउनु भनेको केवल औषधिको कुरा होइन’—उहाँ भन्नुहुन्छ—‘पहिले हामीले उनीहरूको मनलाई सहज बनाउनुपर्छ । तनावबाट छुटकारा नपाएसम्म सफलताको ढोका खुलेको मानिँदैन ।’

‘राम्रो उपचार’ खोज्नुपर्ने जिम्मा पनि बिरामीकै काँधमा
नेपाल जस्तो समाजमा सही जानकारीको अभावले गर्दा धेरै दम्पतीहरूले झोला छाप उपचार, अनावश्यक परीक्षण र गलत सल्लाह पछ्याउँछन् । यसले नतिजा मात्र होइन, आर्थिक र भावनात्मक क्षति पनि थपिदिन्छ ।

‘साँचो कुरा के हो भने राम्रो उपचार कहाँ पाइन्छ भनेर आफैंले खोज्नुपर्छ’—उहाँ भन्नुहुन्छ—‘सूचना लिनुहोस्, बुझ्नुहोस् र सजग बन्न सिक्नुहोस् ।’ अहिलेको टेक्नोलोजी, विशेषज्ञता र पहुँचले गर्दा उपचार सम्भव छ । तर त्यसका लागि सही ढोका ढकढक्याउनुपर्ने जिम्मा पनि आफैंले लिनुपर्छ ।

नेपालका आइ.भी.एफ. सेन्टरहरुमध्ये इकमार्ट (इन्टरनेशनल कमिटी फर मोनिटरिङ (एआरटी) मा आईभिएफको डाटा बुझाउने क्रियटर्स आईभीएफ नेपाल नेपालको पहिलो सेन्टर हो । यसले सन् २०२० को एक वर्षको डाटा सन् २०२४ को अप्रिलमा बुझाइसकेको छ । अब यो प्रक्रिया निरन्तर चलिरहने छ । 

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप करियर