नेपाल हेल्थ न्युज, भोजपुर । जिल्लाको उत्तर भागमा पर्ने षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा अब नगर अस्पताल सञ्चालनमा आएको छ। ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने मूल नारालाई आत्मसात गर्दै आज एक विशेष समारोहबीच यस अस्पतालको औपचारिक उद्घाटन गरिएको छ।
उक्त कार्यक्रममा नगरप्रमुख सुरेन्द्रकुमार उदासले स्थानीय र छिमेकी क्षेत्रका बासिन्दाले आफ्नै क्षेत्रमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताउनुभयो। उहाँले भन्नुभयो, “यस अस्पतालले पालिकाबासीका साथै वरपरका क्षेत्रका नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नेछ। यसलाई दीगो र व्यवस्थित रुपमा सञ्चालनमा राख्न सबैको सहकार्य आवश्यक छ।”
भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनमा स्थापना गरिएको यो स्वास्थ्य संस्था वडा नं ७ मा रहेको छ। यसअघिसम्म साना स्वास्थ्य समस्या समाधानका लागि स्थानीयले झण्डै अन्य जिल्लाहरू जस्तै सङ्खुवासभा, धरान र विराटनगरसम्म जानुपर्ने बाध्यता भोग्नुपर्थ्यो।
नगर उपप्रमुख प्रमिला राईले आँखा सम्बन्धी उपचार सेवा यस अस्पतालबाट दिइँदै आएको र छिट्टै दन्त उपचार सेवा पनि विस्तार गर्ने योजना रहेको जानकारी गराउनुभयो। स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन नगरपालिकाले आवश्यक जनशक्ति र उपकरण थप गर्ने काममा जोड दिएको पनि उहाँले बताउनुभयो।
स्थानीयवासीहरू यस अस्पतालमार्फत आफ्नो क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशामा छन्। बिहीबार सम्पन्न उद्घाटन समारोहमा नगरप्रमुख उदासले अस्पताललाई औपचारिकरुपमा सञ्चालनमा ल्याउनुभएको थियो।
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
