नेपाल हेल्थ न्युज, काठमाडौं । पोर्नोग्राफीको लत किशोर/किशोरी, युवामात्रै होइन सबै उमेर समूहमा बढ्दो छ । बेलायतमा करिब एक करोड ४० लाख व्यक्तिले अनलाइन पोर्नोग्राफी हेर्ने तथ्य हालै सार्वजनिक भएको छ ।
सानै उमेरमा बच्चाहरू यस्ता सामग्रीतर्फ आकर्षित हुने गरेका मिडिया नियामक निकाय ‘अफकम’ले जनाएको छ । हरेक १० जना बच्चामध्ये एकजनाले नौ वर्षको उमेरमा यस्ता सामग्री सहजै देख्ने बाल आयुक्तको सर्वेक्षणले बताएको छ ।
पोर्न साइटतर्फ धेरैको लत बढिरहेका बेला बेलायतले पोर्नोग्राफिक सामग्री भएका वेबसाइटको पहुँचमा जोडिने शैली परिवर्तन गर्ने भएको छ । अनलाइन सुरक्षा ऐनले १८ वर्ष मुनिका व्यक्तिलाई यस्ता सामग्री र साइट हेर्न गाह्रो बनाउनुपर्ने बताएको छ । उमेर प्रमाणीकिरण गरेर मात्रै पहुँच प्रदान गर्ने तयारी अघि बढाइएको छ ।
पोर्न साइट केन्द्रित वेबसाइटहरूले यही २५ जुलाईसम्ममा उमेर जाँच्ने अभ्यास कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । साइबर सुरक्षाविज्ञ चेल्सी जार्भी भन्छिन्– ‘समाजले अनलाइनमा सामूहिक पहिचानलाई सामान्यीकरण गर्नेबारेमा सतर्क रहनु आवश्यक छ ।’ वेबसाइटले प्रयोगकर्ताको उमेर प्रमाणित गर्न धेरै तरिकाहरू छनौट गर्न सक्छन् । अफकमले यसका लागि सातवटा विधि सिफारिस गरेको छ ।
पोर्नसाइट प्रयोगकर्ताबारे तथ्य जाँच्न सुझाइएका डिजिटल पहिचान विधिहरू ।
- क्रेडिट कार्डमार्फत उमेर जाँच
- डिजिटल पहिचान सेवाहरू
- इमेलमा आधारित उमेर अनुमान
- अनुहारको उमेर अनुमान
- मोबाइल नेटवर्कमार्फत उमेर जाँच
- खुला बैंकिङ
- फोटो आईडी मिलान
स्रोतः बीबीसी
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
