नेपाल हेल्थ न्युज, बेलायत । बेलायतमा हालै जन्मिएका आठ जना शिशुमा, जसको डीएनए तीन व्यक्तिबाट लिइएको थियो, गम्भीर माइटोकोन्ड्रियाल रोग नदेखिएको वैज्ञानिकहरूले बताएका छन्। बीबीसीका अनुसार यी शिशुहरू अहिले सम्म स्वस्थ छन् र सामान्य रूपमा हुर्किरहेका छन्।
न्युक्यासलस्थित एक फर्टिलिटी केन्द्रमा गरिएको यो चिकित्सा प्रविधिमा, आमाबाबुको अण्डा र शुक्राणुलाई तेस्रो महिलाको स्वस्थ अण्डाको माइटोकोन्ड्रिया भागसँग मिलाएर भ्रूण तयार गरिन्छ।
यस्तो प्रविधिबाट माइटोकोन्ड्रियाल रोगहरूको सम्भावना हटाउने प्रयास गरिन्छ । जुन रोगहरू आमा मार्फत सन्तानमा सर्ने गर्छन् र शरीरको ऊर्जा उत्पादन प्रक्रियामा गम्भीर असर पुर्याउँछन्।
यो प्रविधि बेलायतमा लगभग १० वर्षअघि कानुनी रूपमा स्वीकृत भएको भए पनि हालै मात्र यसको प्रभावकारी नतिजाहरू सार्वजनिक भएका छन्। अहिलेसम्म २२ परिवारले यो प्रविधि अपनाएका छन्, जसमा आठ बच्चा ९चार छोरा र चार छोरी० जन्मिइसकेका छन्।
वैज्ञानिकहरूको भनाइअनुसार, सबै बच्चाहरू हाल स्वस्थ छन् र कुनै गम्भीर माइटोकोन्ड्रियाल समस्या देखिएको छैन। केहि सामान्य स्वास्थ्य समस्या देखिए पनि तिनीहरू माइटोकोन्ड्रिया सम्बन्धित नभएको जनाइएको छ। भविष्यमा प्रत्येक वर्ष २० देखि ३० सम्म शिशु यस प्रविधिबाट जन्मिन सक्ने अनुमान गरिएको छ। यद्यपि दीर्घकालीन प्रभावबारे अझै अनुसन्धान जारी छ। एजेन्सी
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
