नेपाल हेल्थ न्युज, काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच एउटा नयाँ सहकार्य सुरु भएको छ, जसअनुसार अब बैंकका ग्राहकहरूले ओम हस्पिटलमा स्वास्थ्य सेवा लिँदा विशेष छुटको सुविधा पाउनेछन्।
सम्झौता अनुसार, ग्राहकहरूले ओम हस्पिटलमा उपचार गराएर बैंकको डिजिटल माध्यम (डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा मोबैंक एप) प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
उक्त सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गर्नुभएको हो।
बैंकले देशव्यापी रुपमा स्वास्थ्य संस्थाहरूमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने अभियान अन्तर्गत यो सहकार्यलाई एक महत्वपूर्ण कदमका रूपमा लिएको छ। यसले ग्राहकलाई सहज र डिजिटल माध्यमबाट स्वास्थ्य सेवा उपयोग गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
