नेपाल हेल्थ न्युज, विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले उदयपुरका एक किशोरको पेटभित्र फसेको कैँची सफल रूपमा निकालेर जीवनरक्षाको काम गरेको छ।
खेल्ने क्रममा गल्तीबस कैँची निलेका १५ वर्षीय किशोरलाई चार दिनअघि आकस्मिक अवस्थामा अस्पताल भर्ना गरिएको थियो।
प्रारम्भिक जाँचका क्रममा एक्स-रे र सिटी स्क्यानबाट उनको ठूलो आन्द्राभित्र धातु देखिएपछि तत्काल शल्यक्रियाको तयारी गरिएको थियो।
वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराईको नेतृत्वमा रहेको चिकित्सक टोलीले आधुनिक ल्याप्रोस्कोपिक प्रविधिको प्रयोग गर्दै शल्यक्रिया सम्पन्न गरेको हो। सफल अप्रेसनपछि दुई दिन अस्पतालमा राखेर किशोरलाई घर पठाइएको छ। अस्पतालका अनुसार अहिले ती बालक पूर्ण रूपमा स्वस्थ छन् र सामान्य जीवनमा फर्किएका छन्।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
