नेपाल हेल्थ न्युज, बैतडी। बैतडीस्थित जिल्ला अस्पतालले पहिलोपटक हर्नियाको सफल शल्यक्रिया गरी नयाँ उपलब्धि हासिल गरेको छ। शनिबार ५८ र ६८ वर्ष उमेर समूहका दुई पुरुषमा शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तका अनुसार, अघिसम्म विशेषज्ञ चिकित्सकको अभावका कारण यो सेवा सम्भव थिएन। तर, एमडिजिपी डाक्टर पविन उपाध्यायको अस्पतालमा स्थायी रूपमा उपस्थितिसँगै शल्यक्रिया सेवा सुरु गरिएको हो।
अस्पतालले आज (आइतबार) ४० वर्षीय अर्का बिरामीको पनि हर्नियाको शल्यक्रिया गर्ने तयारी गरेको छ।
जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील विकले डडेल्धुरा अस्पतालको समन्वयमा शल्यक्रिया सम्पन्न गरिएको बताउनुभयो। डडेल्धुराबाट आवश्यक उपकरण र विशेषज्ञ टोलीको साप्ताहिक सहकार्यमा सेवा थप प्रभावकारी बनाइएको जानकारी पनि अस्पतालले दिएको छ।
सूचना अधिकारी पन्तका अनुसार, डडेल्धुरा अस्पतालबाट हप्तामा एक दिन विशेषज्ञ चिकित्सक उपलब्ध गराउने र आवश्यक उपकरणसमेत पठाउने गरिएको छ, जसले गर्दा स्थानीय स्तरमै सर्जिकल सेवा विस्तार गर्न सहयोग पुगेको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
