नेपाल हेल्थ न्युज, पोखरा । पोखरामा एक जना ७० वर्षीया महिलाको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ। पोखरास्थित चरक अस्पतालमा उपचाररत महिलाको साउन ४ गते निधन भएको हो।
स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काका अनुसार, असार २५ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएकी ती महिलामा मधुमेह र उच्च रक्तचापजस्ता पुराना स्वास्थ्य समस्या पनि रहेको बताइएको छ।
उनको कोरोना परीक्षण गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो। पछिल्ला दिनमा गण्डकी प्रदेशमा कोरोना संक्रमण फेरी बढ्न थालेको पाइएको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार हाल कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना गरी गण्डकीमा कुल ८ जनामा कोरोना पुष्टि भएको छ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
