नेपाल हेल्थ न्युज, खोटाङ । जिल्लाको अस्पतालमा शल्यक्रियामार्फत जन्मिएका एक शिशुको काठमाडौँ लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ।
जन्मिएलगत्तै श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि शिशुलाई आमासहित नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित कान्ति बाल अस्पतालमा पठाइएको थियो।
शल्यक्रियाबाट जन्मिएका ती शिशु दिक्तेल रूपाकोट मझुवागढी–१५ विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीका दोस्रो सन्तान थिए। दुर्भाग्यवश, उपचारकै क्रममा बालकको निधन भएको हो। आमाको अवस्था भने सामान्य रहेको बताइएको छ।
जन्मिएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि थप उपचारका लागि शिशुलाई आमासहित काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताउनुभयो ।
जिल्ला अस्पतालमा व्यथा लाग्न ढिलो भएपछि तीनपटक औषधि प्रयोग गरिएको थियो। तर पीडा सुरु नभएपछि अन्ततः शल्यक्रिया गर्नुपरेको अस्पतालका प्रमुख डा. सङ्ग्रौलाले जानकारी दिनुभयो।
शिशुको मृत्युले परिवार शोकमा डुबेको छ भने आफन्तहरूले अस्पतालमा लापरबाही भएको आरोप समेत लगाएका छन्। अर्कोतर्फ, ५० शय्यामा स्तरोन्नति गरिएको खोटाङ जिल्ला अस्पतालमा आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र उपकरणको अभावले गर्दा अझै पनि गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत अन्यत्र पठाउनुपर्ने बाध्यता कायम छ।
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
