नेपाल हेल्थ न्युज, सर्लाही । सर्लाही जिल्लाको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा कार्यरत एक चिकित्सकमाथि कुटपिट भएको विषयलाई लिएर मङ्गलबारदेखि नै अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ ।
सोमबार राति अस्पतालमा हड्डीसम्बन्धी उपचारका लागि आएका एक बिरामीलाई अन्यत्र सिफारिस गर्ने क्रममा ती बिरामीका आफन्तले अस्पतालका अर्थोपेडिक चिकित्सक डा. कृष्णजङ्ग साहमाथि शारीरिक आक्रमण गरेका थिए। उक्त घटनापछि चिकित्सा क्षेत्रमा असुरक्षा महसुस भएको भन्दै मंगलबारदेखि अस्पतालका स्वास्थ्यकर्मीहरूले आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै सेवा अवरुद्ध गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार जबसम्म दोषी पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइँदैन, तबसम्म सेवा बहाली नहुने स्पष्ट संकेत दिइएको छ।
यसैबीच, नेपाल चिकित्सक सङ्घले पनि एक विज्ञप्ति जारी गर्दै घटनाको कडा भर्त्सना गरेको छ। संघले स्वास्थ्यकर्मीमाथिको आक्रमण कुनै हालतमा सह्य नहुने भन्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गरेको छ।
सेवा बन्दका कारण उपचारका लागि आउने सर्वसाधारण बिरामीहरू मारमा परेका छन्। अस्पतालको ओपिडी सेवा ठप्प हुँदा नियमित उपचारका लागि आएका बिरामीहरूलाई ठूलो कठिनाइ भएको जनाइएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
