नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल पेडियाट्रिक अप्थाल्मोलोजी एन्ड स्ट्राबिस्मोलोजी सोसाइटी (एनपीओएसएस) को वार्षिक साधारणसभा तथा निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रम काठमाडौंको होटल हिल्टनमा सम्पन्न भएको छ।
कार्यक्रममा बाल नेत्र विशेषज्ञहरूबीच ज्ञान आदान–प्रदान र शैक्षिक छलफल गरिएको थियो। कार्यक्रममा संस्थाकी तत्कालीन अध्यक्ष डा. सृजना अधिकारी र संस्थापक अध्यक्ष डा. सल्मा केसीलाई संस्थामा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमकै अवसरमा एनपीओएसएसको नयाँ कार्यसमिति पनि औपचारिक रूपमा गठन गरिएको छ।
नयाँ कार्यसमितिमा प्रा. डा. सबिना श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएकी छन्। यस्तै उपाध्यक्षमा प्रा. डा. कविन्द्र बज्राचार्य, महासचिवमा डा. समता शर्मा, कोषाध्यक्षमा डा. निता सुनम गमाल, सह–महासचिवमा प्रा. डा. चन्द्रमाया गुरुङ र सह–कोषाध्यक्षमा डा. नम्रता गुप्ता चयन भएका छन्।
नयाँ कार्यसमितिमा डा. संजय सिंह, डा. सुजाता भण्डारी, डा. सृजना कर्माचार्य, डा. आङ जम्गु लामा, डा. परस पञ्जियार, डा. निशा अग्रवाल र डा. तोशिका दाहाल सदस्यका रूपमा रहेका छन्।
उक्त कार्यक्रममा नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष, उपाध्यक्ष र महासचिवसहित विभिन्न नेत्र उप–विशेषज्ञता संघ–संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
