नेपाल हेल्थ न्युज, गोरखा । गोरखा जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा जडीबुटी सङ्कलन तथा निकासीबाट झन्डै रु २० लाख १६ हजार राजस्व संकलन गरिएको छ। जिल्ला भित्रका विभिन्न गाउँपालिका र संरक्षण क्षेत्रहरूबाट करिब ४६ हजार ९७४ केजी जडीबुटी संकलन भई निकासी भएको थियो।
यस वर्ष मनास्लु संरक्षण क्षेत्रबाट मात्रै ११ हजार ३९२ केजी जडीबुटी संकलन गरिएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार सोही क्षेत्रबाट संकलित जडीबुटीबाट रु १२ लाख ७० हजारभन्दा बढी राजस्व संकलन गरिएको हो।
त्यसमा पनि ३४.१९ केजी यार्सागुम्बुबाट करिब रु १० लाख ८९ हजार राजस्व उठाइएको छ।
मनास्लु क्षेत्रमा पाइने प्रमुख जडीबुटीहरूमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु र चिराइतोजस्ता प्रजातिहरू समावेश छन्। यिनै जडीबुटीहरूको निकासीबाट राज्यलाई उल्लेख्य आम्दानी भएको हो।
त्यस्तै, मनास्लु क्षेत्र बाहेकका वन क्षेत्रहरूबाट ३५ हजार ५८२ केजी जडीबुटी संकलन गरिएको थियो। सो बाट डिभिजन वन कार्यालय गोरखाले करिब रु ७ लाख ४५ हजार ९८५ राजस्व संकलन गरेको जनाएको छ। तीमध्ये जटामसीबाट मात्र रु ३ लाख ५६ हजारभन्दा बढी आम्दानी भएको वन कार्यालयले जानकारी दिएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
