काठमाडौं, नेपाल हेल्थ न्यूज। रोजगारीको प्रलोभनमा परेका सिन्धुली दुधौली–१ का ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरीको घटनामा संलग्न चारजनालाई प्रहरीले काभ्रे र काठमाडौंबाट पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार भुजेललाई भारत लैजाने क्रममा काठमाडौंबाटै लगिएको पुष्टि भएको छ।
प्रमुख कृष्ण पंगेनीका अनुसार नुवाकोटका परियार थरका एक जनालाई टोखाबाट नियन्त्रणमा लिइएको हो भने अन्य तीन जनाको सनाखत प्रक्रिया चलिरहेको छ।
पीडित भुजेल पेट दुखेपछि चिकित्सककहाँ जाँदा एउटा मिर्गौला नरहेको थाहा पाएका थिए। घटनाबारे प्रहरीलाई जानकारी गरिएपछि अनुसन्धान सुरु गरिएको थियो। प्रहरीले घटनासँग सम्बन्धित थप व्यक्तिको खोजी गरिरहेको छ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३ट्रेन्डिङ
