नेपाल हेल्थ न्यूज, काठमाडौं । पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको शुक्रबार निधन भएको छ। नेपाल दलित सङ्घका पूर्व अध्यक्ष, संविधान सभा २०६४ र २०७० का सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय सदस्यसमेत रहिसकेका बस्यालको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीस्थित आफ्नै निवासमा क्यान्सरका कारण निधन भएको हो।
वि.सं. २००८ माघ १५ गते जन्मिएका स्व। बस्यालले नेपाली कांग्रेस र भ्रातृ संस्थामा विभिन्न पदीय जिम्मेवारी सम्हाल्दै संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँको निधनप्रति नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्व गुमाएको भन्दै दुःख व्यक्त गरेको छ।
नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै बस्यालको निधनले आफू अत्यन्त मर्माहत भएको बताउनुभयो ।
“पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधान सभा सदस्य खड्गबहादुर बस्यालको निधनको खबरले मलाई अत्यन्त दुःखित र मर्माहत बनाएको छ,” देउवाले भन्नुभयो, “नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान सदा स्मरणीय रहनेछ।” देउवाले बस्यालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । साथै शोकसन्तप्त परिवारप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
