नेपाल हेल्थ न्युज, रामेछाप । मन्थली नगरपालिकाको कुनौरी क्षेत्रस्थित बोक्सेको भीरबाट स्कार्पियो गाडी खस्दा स्वास्थ्यकर्मी राधा कार्कीको घटनास्थलमै निधन भएको छ।
राधा कार्की मन्थली नगरपालिका वडा नं. ७ स्थित बडिमुहान शहरी स्वास्थ्य केन्द्रको इन्चार्ज पदमा कार्यरत थिइन्। उक्त दुर्घटनामा उनको श्रीमान् उत्तम चौहान गम्भीर घाइते भएका छन्।
बा १३ च ३९३४ नम्बरको स्कार्पियो गाडी आइतबार बिहान मन्थलीबाट हेटौँडा तर्फ जाँदै गर्दा मन्थली नगरपालिका वडा नं. ६, भलुवाजोर क्षेत्र अन्तर्गत पर्ने बोक्सेको भीरबाट खसेर दुर्घटना भएको हो।
दुर्घटनापछि घाइते श्रीमान् उत्तम चौहानलाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार गाडी उत्तम चौहानले चलाइरहेका थिए र उनीहरु पारिवारिक भेटघाटका लागि हेटौँडा जाँदै थिए। सडकबाट तामाकोशी नदीमा गाडी खसेको र गाडी टुक्रा–टुक्रा अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला कुमार भट्टले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति रोक्न अदालतको अल्पकालीन आदेश
मंगलबार, पुस १, २०८२
जंगीलाल राय बने मधेश प्रदेशका स्वास्थ्य मन्त्री
मंगलबार, पुस १, २०८२
स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
