नेपाल हेल्थ न्युज, रामेछाप । मन्थली नगरपालिकाको कुनौरी क्षेत्रस्थित बोक्सेको भीरबाट स्कार्पियो गाडी खस्दा स्वास्थ्यकर्मी राधा कार्कीको घटनास्थलमै निधन भएको छ।
राधा कार्की मन्थली नगरपालिका वडा नं. ७ स्थित बडिमुहान शहरी स्वास्थ्य केन्द्रको इन्चार्ज पदमा कार्यरत थिइन्। उक्त दुर्घटनामा उनको श्रीमान् उत्तम चौहान गम्भीर घाइते भएका छन्।
बा १३ च ३९३४ नम्बरको स्कार्पियो गाडी आइतबार बिहान मन्थलीबाट हेटौँडा तर्फ जाँदै गर्दा मन्थली नगरपालिका वडा नं. ६, भलुवाजोर क्षेत्र अन्तर्गत पर्ने बोक्सेको भीरबाट खसेर दुर्घटना भएको हो।
दुर्घटनापछि घाइते श्रीमान् उत्तम चौहानलाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार गाडी उत्तम चौहानले चलाइरहेका थिए र उनीहरु पारिवारिक भेटघाटका लागि हेटौँडा जाँदै थिए। सडकबाट तामाकोशी नदीमा गाडी खसेको र गाडी टुक्रा–टुक्रा अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला कुमार भट्टले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
