नेपाल हेल्थ न्युज, काठमाडौं । गर्भावस्था एउटा संवेदनशील र जीवन निर्णायक अवस्था हो । यस अवधिमा हुने शारीरिक र हर्मोनल परिवर्तनले महिलाको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) मा पनि ठूलो प्रभाव पार्छ । खासगरी अटोइम्युन रोग भएका महिलाहरूका लागि गर्भावस्था अझै जटिल बन्न सक्छ ।
यस्तै संवेदनशील विषयमा नेशनल वाथरोग सेन्टर (एनसिआरडी) ले हालै होटल हिल्टन काठमाडौंमा रुमा फ्यूजन अव्स्ट्रक्टिभ च्याप्टर शीर्षकमा वैज्ञानिक गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा वाथरोग विशेषज्ञ डा. स्विकृति श्रेष्ठ र डा. सुधीर कर्माचार्यले ‘गर्भावस्थामा अटोइम्युन रोग र बायोलोजिक्सको प्रयोग’ विषयमा विशेषज्ञ प्रेजेन्टेशन दिनुभएको थियो । साथै लुपस र एन्टिफस्फोलिपिड सिन्ड्रोम जस्ता जटिल केसबारे अन्तरक्रियात्मक प्यानल छलफल गरिएको थियो ।
अटोइम्युन रोग र गर्भावस्थाः अन्तर्राष्ट्रिय अनुसन्धानले के भन्छ ?
अटोइम्युन रोग भनेको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै अंग वा कोषिकालाई नचिनेर आक्रमण गर्ने अवस्था हो । यसमा लुपस, रुमाटोइड आथ्र्राराइटिस, मल्टिपल स्क्लेरोसिस, सिस्टेमिक स्क्लेरोडर्मा लगायतका रोग पर्छन् ।
अमेरिकन कलेज अफ रुमाटोलोजी (एसिआर) को २०२२ को दिशानिर्देशन अनुसार अटोइम्युन रोग भएका महिलाहरूमा गर्भपतन प्रि–एक्लेम्प्सिया, समयअघि बच्चा जन्मिनेको जोखिम सामान्य महिलाभन्दा बढी हुन्छ । साथै गर्भावस्थामा रोग नियन्त्रण गर्न औषधि रोक्दा रोगको सक्रियता बढ्छ र आमाबच्चा दुवैलाई खतरा हुन्छ । त्यसैले सुरक्षित औषधि छनोट गरेर निरन्तर उपचार लिनु अति आवश्यक हुन्छ ।
ब्रिटिश मेडिकल जर्नल (बीएमजे) मा प्रकाशित २०२३ को एक अध्ययन अनुसार लुपस भएका ३५% महिलामा गर्भावस्थामा गम्भीर जटिलता देखिन्छ ।
एन्टिफस्फोलिपिड सिन्ड्रोम भएका महिलामा क्लट हुने सम्भावना ५ गुणा बढी हुन्छ । जसले गर्भावस्थाको नतिजामा नकारात्मक असर पार्छ ।
बायोलोजिक्सः नयाँ पुस्ताको आशा
पारम्परिक औषधि (जस्तैः मेथेट्रेक्सेट साइक्लोफस्फामाइड) गर्भावस्थामा प्रयोग गर्न सकिँदैन किनभने तिनीहरूले भ्रूणलाई असर गर्न सक्छन् । यसैबीच पछिल्लो दशकमा विकसित बायोलोजिक्स ( बायोलोजिक थेरापिक) ले अटोइम्युन रोग व्यवस्थापनमा नयाँ आशा जगाएको छ ।
टीएनएफ इनहिविटर्स: प्रारम्भिक अध्ययनहरूले यी औषधि गर्भावस्थामा तुलनात्मक रूपमा सुरक्षित भएको देखाएका छन् । तर तेस्रो त्रैमासिक (थर्ड ट्राइमेस्टर) मा प्रयोगबारे अझै सतर्कता अपनाउनुपर्ने हुन्छ ।
रिटक्सिम्याबर अन्य मोनोक्लोनल एन्टिबडीजः प्रायः गर्भावस्थापूर्व मात्र सिफारिस गरिन्छ ।
ल्यान्सेट रुमाटोलोजी (२०२१) अनुसार, बायोलोजिक्स प्रयोग गर्दा रोग नियन्त्रण राम्रो हुने, मातृ–शिशु दुवैमा नतिजा सुधार हुने देखिएको छ । तर अझै लामो समयको अनुसन्धान आवश्यक छ । चिकित्सकहरूले हरेक बिरामीको अवस्था अनुसार व्यक्तिगत निर्णय गर्नुपर्ने हुन्छ ।
नेपालमा चुनौती
नेपालमा अटोइम्युन रोगको आधिकारिक तथ्यांक सीमित भए प ि रुमाटोलोजी विशेषज्ञहरूका अनुसार युवती र प्रजनन उमेरका महिलामा लुपस र रुमाटोइड आथ्र्राइटिस धेरै देखिने गर्छ ।
तर चुनौती के छ भने–
औषधि पहुँच सीमितः बायोलोजिक्स महँगो भएकाले सामान्य नेपाली परिवारका लागि किन्न गाह्रो छ ।
जनचेतना अभावः धेरै महिलाले गर्भावस्थामा औषधि रोक्ने गल्ती गर्छन् जसले रोग झन् बिगार्छ ।
बहु–विशेषज्ञ समन्वय कमीः स्त्रीरोग विशेषज्ञ, रुमाटोलोजिस्ट र बाल रोग विशेषज्ञबीच सहकार्य नहुँदा उपचार अपूर्ण हुन्छ ।
एनसिआरडीको पहल
एनसिआरडीले आयोजना गरेको रुमा फ्यूजन अब्स्टेट्रिक च्याप्टर नेपालमै पहिलो पटक यस विषयमा यति व्यापक छलफल भएको कार्यक्रम मानिएको छ । कार्यक्रममा भएका प्यानल डिस्कसनमा वास्तविक केस स्टडी, रोग व्यवस्थापन रणनीति, सुरक्षित औषधि छनोट र भविष्यमा नेपालमा उपलब्ध गराउन सकिने उपचारविधिबारे बहस भएको थियो ।
डा. स्विकृति श्रेष्ठको भनाइमा गर्भावस्थामा अटोइम्युन रोग भएका महिलालाई सही समयमा सही औषधि दिन सकियो भने स्वस्थ आमा र स्वस्थ शिशुको सम्भावना बढ्छ । यो विषयमा चिकित्सक, बिरामी र समाज सबै सचेत हुनुपर्ने बेला आएको छ ।
वास्तवमा गर्भावस्थामा अटोइम्युन रोग व्यवस्थापन चुनौतीपूर्ण भए पनि असम्भव छैन । अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ कि बायोलोजिक्सले आमा–बच्चा दुवैलाई सुरक्षित राख्दै रोग नियन्त्रण गर्न सक्ने सम्भावना बढाएको छ ।
नेपालमा अझै औषधि पहुँच, जनचेतना र विशेषज्ञ समन्वयका चुनौती भए पनि नेशनल बाथरोग सेन्टर जस्ता संस्थाहरूको पहलले भविष्यमा यस क्षेत्रमा नयाँ बाटो खोल्ने आशा दिलाएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

