नेपाल हेल्थ न्युज, तान्जानिया । तान्जानियाका ४४ वर्षीय पुरुष १० दिनदेखि दाहिने स्तनको बिँडाबाट पिप बगिरहेको गुनासो लिएर अस्पताल पुगे। उनको छातीमा ८ वर्षदेखि चक्कुको ब्लेड अड्किएको पत्ता लागेको छ।
मुहिम्बिली राष्ट्रिय अस्पतालका चिकित्सकहरूले गरेको एक्स–रे परीक्षणमा ब्लेड देखिएको हो। यो चोट आठ वर्षअघि झगडाको क्रममा लागेको थियो र त्यतिबेला एक्स–रे सुविधा नभएकाले ब्लेड पत्ता लाग्न सकेन।
ब्लेडले कुनै महत्वपूर्ण अंग छोएको थिएन, त्यसैले लामो समयसम्म समस्या देखिएन। तर पछिल्लो समयमा मृत कोषमा संक्रमण भएपछि पिप बग्न थालेको चिकित्सकहरूले बताएका छन्।
सर्जरीमार्फत ब्लेड, मृत कोष र संक्रमण हटाइएको छ। अहिले बिरामीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएको चिकित्सकहरूले जानकारी दिएका छन्।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
