नेपाल हेल्थ न्युज, तान्जानिया । तान्जानियाका ४४ वर्षीय पुरुष १० दिनदेखि दाहिने स्तनको बिँडाबाट पिप बगिरहेको गुनासो लिएर अस्पताल पुगे। उनको छातीमा ८ वर्षदेखि चक्कुको ब्लेड अड्किएको पत्ता लागेको छ।
मुहिम्बिली राष्ट्रिय अस्पतालका चिकित्सकहरूले गरेको एक्स–रे परीक्षणमा ब्लेड देखिएको हो। यो चोट आठ वर्षअघि झगडाको क्रममा लागेको थियो र त्यतिबेला एक्स–रे सुविधा नभएकाले ब्लेड पत्ता लाग्न सकेन।
ब्लेडले कुनै महत्वपूर्ण अंग छोएको थिएन, त्यसैले लामो समयसम्म समस्या देखिएन। तर पछिल्लो समयमा मृत कोषमा संक्रमण भएपछि पिप बग्न थालेको चिकित्सकहरूले बताएका छन्।
सर्जरीमार्फत ब्लेड, मृत कोष र संक्रमण हटाइएको छ। अहिले बिरामीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएको चिकित्सकहरूले जानकारी दिएका छन्।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिकसम्बन्धी प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई बुझाइयो
सोमबार, मंसिर २९, २०८२
एनआरएनएले दुई नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाइने
सोमबार, मंसिर २९, २०८२
डिस्चार्जपछि सुत्केरी महिलाको मृत्यु
सोमबार, मंसिर २९, २०८२
नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा रामजी घिमिरे पुनः चयन
सोमबार, मंसिर २९, २०८२ट्रेन्डिङ
