नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो समय डेङ्गी संक्रमितहरूको संख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ नामक मेघा अभियान संचालन गरिरहेको छ। यो अभियान महानगरपालिकाका ३२ वटै वडामा एकैपटक, प्रत्येक वडामा रहेका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूको सहयोगमा अगाडि बढाइँदैछ।
महानगरपालिकाका स्वास्थ्य विभागका महामारी रोग नियन्त्रण विशेषज्ञ ऋषिप्रसाद भुसालका अनुसार, लामखुट्टेको बासस्थान नष्ट गर्ने, माइकिङ गरेर स्थानीय बासिन्दालाई सचेत गराउने लगायतका कार्यहरू निरन्तर भइरहेका छन्।
उनी भन्छन्, “पहिले देखि नै ‘खोज र नष्ट गर’ अभियान सञ्चालनमा थियो, जसलाई अझ प्रभावकारी बनाउन मेघा अभियान थालिएको हो।”
भुसालले बताए अनुसार, लामखुट्टे प्रजनन गर्न पानी जम्ने ठाउँहरूलाई नियमित सफा राख्नु आवश्यक छ। पानी जम्ने खाल्डाखुल्डी, पुराना बोतल, टिनका भाँडा, टायर, खाली ड्रम र गमलामा लामखुट्टे लार्भा जन्माउँछन्, जसले गर्दा यी सबै स्थानहरू सफा गर्न जनचेतना बढाउन अभियान चलाइएको छ।
साथै, महानगरपालिकाले विद्यालयहरूमा पनि सचेतना कार्यक्रम सञ्चालन गरेर बालबालिकाहरूलाई डेङ्गीबाट बच्नका लागि घर र वरिपरि सरसफाइमा सहयोग गर्न प्रेरित गरेको छ। भुसालले भने, “डेङ्गी फैलिनुको मुख्य कारण भनेको जनतामा आवश्यक जानकारीको अभाव हो, त्यसैले हामीले ‘खोज र नष्ट गर’ अभियानलाई अझ सक्रिय बनाएका छौं।”
गेटामा एमबीबीएस सञ्चालन गर्न चार वटा प्रादेशिक अस्पताललाई जोड्ने निर्णय
बिहीबार, साउन २१, २०८३
स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हटाउन १ हजार ८०८ पुल दरबन्दी थपिँदै
बिहीबार, साउन २१, २०८३
इन्टर्न चिकित्सकको श्रम शोषण अन्त्य गर्न तोषिमा कार्कीको माग
बिहीबार, साउन २१, २०८३
भदौभित्र स्वास्थ्य बीमाको १५ अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी
बिहीबार, साउन २१, २०८३
