नेपाल हेल्थ न्युज, धनुषा । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफूहरूमाथि भएको दुर्व्यवहारको विरोधमा स्वास्थ्य सेवा बन्द गर्दै पाँच दिनदेखि धर्ना जारी राखेका छन्।
साउन २३ गते बटेश्वर–५ स्थित शान्तिपुर स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी सुनिता सिंहमाथि स्थानीय तीन व्यक्तिबाट हातपात भएको घटनापछि कारबाही प्रक्रिया अघि नबढाइएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन्।
आरोप अनुसार दारा सिंह, अली हुसैन र रवि मण्डलले विवादका क्रममा सिंहमाथि हातपात गरेका थिए।
स्वास्थ्य चौकी प्रमुख राजकुमार महतोका अनुसार, घटनापछि पीडित पक्षले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाए पनि कुनै कानुनी प्रक्रिया अघि बढाइएको छैन। सखुवा महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिइए पनि अहिलेसम्म दर्ता नभएको र सोप्रति चित्त नबुझेको कर्मचारीहरूको भनाइ छ।
गत सोमबारदेखि सबै स्वास्थ्यकर्मीहरू तीन बुँदे मागसहित धर्नामा बसेका छन्। उनीहरूले दोषीमाथि तुरुन्त कारबाही हुनुपर्ने, स्वास्थ्यकर्मीहरूको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने तथा काम गर्ने वातावरण भयरहित हुनुपर्ने माग राखेका छन्।
महतोका अनुसार विवादको सुरुवात शान्तिपुर स्वास्थ्य चौकीअगाडि रहेको पिपलको रुख सार्ने विषयमा भएको थियो, जसले झगडाको रुप लिएको हो।
गेटामा एमबीबीएस सञ्चालन गर्न चार वटा प्रादेशिक अस्पताललाई जोड्ने निर्णय
बिहीबार, साउन २१, २०८३
स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हटाउन १ हजार ८०८ पुल दरबन्दी थपिँदै
बिहीबार, साउन २१, २०८३
इन्टर्न चिकित्सकको श्रम शोषण अन्त्य गर्न तोषिमा कार्कीको माग
बिहीबार, साउन २१, २०८३
भदौभित्र स्वास्थ्य बीमाको १५ अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी
बिहीबार, साउन २१, २०८३
