नेपाल हेल्थ न्युज, वीरेन्द्रनगर । हुम्लाको ताँजाकोट गाउँपालिका–३ मा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहारको प्रयास गरेको अभियोगमा तीन जना कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा स्वास्थ्य चौकी प्रमुख लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही, र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्। उनीहरूले मंगलबार राती करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई बन्दक राखेको भन्ने सूचनाको आधारमा छप्रेला प्रहरी चौकीको टोलीले राती नै पक्राउ गरेको कार्यालयका डिएसपी शंकर पोख्रेलले जानकारी दिएका छन्।
स्वास्थ्य चौकी इन्चार्ज शर्मासहित तीनै जनाले मदिरा सेवन गरी उनको कोठामा गएर सामुहिक बलात्कार प्रयास गरेका हुन्।
मदिरा सेवन गरि रातिको समयमा निज पीडितको कोठामा गई विभिन्न खाले यौन दुर्व्यवहारका कुराहरू गरेपछि उनी कर्मचारीले आफ्नो संस्थाको केन्द्रीय कार्यालयमा जानकारी गराएकी थिइन्।, जसपछि संस्थाले जिल्ला प्रहरी कार्यालयमा औपचारिक जानकारी दिएको थियो। उक्त संस्थाको केन्द्रीय कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई उक्त कुरा जानकारी गराएपछि दुर्व्यवहार आरोपित तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो।
पोख्रेलका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक रुपमा महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्ने छ। उनीहरूलाई पक्राउ गरे लगत्तै दुबै पक्षलाई जिल्ला सदरमुकाम सिमकोट ल्याइएको छ।
पक्राउ परेका कर्मचारीहरूमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्व्यवहारको यो घटना गाउँमा कार्यरत स्वास्थ्यकर्मीहरूको सुरक्षाबारे गम्भीर प्रश्न खडा गर्ने खालको छ।
किशोरकिशोरीमा चिकित्सकको सल्लाहबिना औषधि सेवनको प्रवृत्ति बढ्दो
आइतबार, मंसिर २८, २०८२
नेपाल चिकित्सक संघको उपाध्यक्ष पदमा डा. एकानन्द सिंहको स्वतन्त्र उम्मेदवारी
आइतबार, मंसिर २८, २०८२
चितवनमा पोहोरको तुलनामा डेंगी र स्क्रब टाइफस संक्रमण घट्दो
आइतबार, मंसिर २८, २०८२
एक वर्षदेखि चिकित्सकविहीन छ पाटनको भेटेरिनरी अस्पताल
आइतबार, मंसिर २८, २०८२
