नेपाल हेल्थ न्युज, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको शनिबार (भदौ १४) मा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको छ।
रुकुम पूर्व, पुथा उत्तरगङ्गा गाउँपालिका–१०, तकसेरा बाछीगाउँ निवासी पुन स्वास्थ्य समस्याका कारण काठमाडौं लगिएको थियो। उहाँले लुम्बिनी प्रदेशसभामा अर्थ, पर्यटन र विकास समितिमा पनि सदस्यको रूपमा काम गर्दै आउनुभएको थियो।
मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
यसैबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सद्य निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री आचार्यका अनुसार, “असामयिक निधनले लुम्बिनी प्रदेशले एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान् जनप्रतिनिधि गुमाएको छ।”
उहाँले थप्नुभयो, “उहाँ सधैँ दुर्गम क्षेत्रका जनताको दुःख–पीडा, माग र अपेक्षालाई आवाज दिँदै न्याय र समानताको पक्षमा काम गर्नुभएको थियो। उहाँको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा सबैका लागि प्रेरणाको स्रोत बन्नेछ।”
स्वास्थ्य स्थिति र उपचार
पुनको निधन हुनुभन्दा केही दिनअघि एकैपटक दुई ठूला शल्यक्रिया गरिएको थियो। पहिलो अपरेशन मार्फत उहाँले छोरीलाई जन्म दिनुभएको थियो भने दोस्रो अपरेशन मार्फत उहाँको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।
पुनको असामयिक निधनले प्रदेश मात्र नभई समग्र नेपाली समाजलाई पनि दुःखी बनाएको मुख्यमन्त्री आचार्यको विज्ञप्तिमा उल्लेख छ।
कानुन मिचेर एमबीबीएस भर्ना नगर्न डा. केसीको आग्रह
शुक्रबार, चैत २०, २०८२
सातै प्रदेशमा अटिजम बालबालिकाका लागि नमूना विद्यालय स्थापना गर्ने सरकारको योजना
शुक्रबार, चैत २०, २०८२
जेनजी आन्दोलनका घाइते भेट्न गृहमन्त्री गुरुङ केएमसी अस्पतालमा
शुक्रबार, चैत २०, २०८२
औषधि व्यवस्था विभागमा प्रवेश कार्ड अनिवार्य, बैशाख २ देखि नयाँ व्यवस्था लागू
शुक्रबार, चैत २०, २०८२
