नेपाल हेल्थ न्युज, काठमाडैं । भारतको नयाँ दिल्लीमा रही नेपाली नागरिकको मिर्गौला तस्करीमा संलग्न रहेको अभियोगमा दुई जना नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका–२ घर भएका २९ वर्षीय सुजन भारती रहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार, भण्डारीलाई कञ्चनपुरको महेन्द्रनगरबाट र भारतीलाई पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिइएको हो।
प्रहरी अनुसन्धानले देखाएअनुसार, उनीहरू नयाँ दिल्लीको लाजपत क्षेत्रमा बसेर लामो समयदेखि मिर्गौला तस्करीमा सक्रिय थिए। भण्डारी यस गिरोहका प्रमुख मानिन्छन्, जसले नेपालका सयभन्दा बढी नागरिकको मिर्गौला भारतमा बेचिसकेको अनुमान गरिएको छ।
प्रहरीका अनुसार भण्डारीले २५ भन्दा धेरै व्यक्तिको मिर्गौला निकालेको स्वीकार गरिसकेका छन्। उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको हो।
यसै गिरोहमा संलग्न अन्य केही व्यक्ति यसअघि नै पक्राउ परिसकेका छन्, जसमा काभ्रेका कुमार उर्फ राजकुमार परियार, नुवाकोटका समीर र राकेश नेपाली रहेका छन्। प्रहरीले यो समूह करिब सात वर्षदेखि भारतमा रही मिर्गौला तस्करीमा संलग्न रहेको प्रमाणित भएको जनाएको छ।
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
