नेपाल हेल्थ न्युज, लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेता तथा क्यानडेली कलाकार ग्राहम ग्रीनको ७३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि गम्भीर रोगसँग जुधिरहेका ग्रीनको सोमबार टोरन्टोस्थित एक अस्पतालमा निधन भएको हो।
उनको निधनको पुष्टि म्यानेजर गेरी जोर्डनले गरेका छन्। ग्रीनको मृत्यु प्राकृतिक कारणले भएको जनाइएको छ। “अवार्ड विजेता अभिनेता ग्रीनको निधनले हामी निकै दुःखी छौं,” जोर्डनले एक विज्ञप्ति मार्फत बताएका छन्। यस विषयमा सीबीसी न्यूज ले पनि पुष्टि गरेको छ।
सन् १९९० मा केभिन कस्टनर निर्देशित चर्चित चलचित्र (डान्सेस विथ वुल्भ्स) मा ‘किकिङ बर्ड’को भूमिका निभाएर ग्रीनले विश्वभर चर्चा कमाएका थिए। उक्त भूमिकाका लागि उनी अकादेमी अवार्ड (ओस्कर) को मनोनयनमा समेत परेका थिए।
उनको अभिनय यात्रा सन् १९७९ मा टेलिभिजन श्रृंखला (द ग्रेट डिटेक्टिभ) बाट सुरु भएको हो। त्यसयता उनले थुप्रै फिल्म र टेलिभिजन परियोजनाहरूमा अभिनय गर्दै आफ्नो पहिचान बनाएका थिए।
ग्रीनको फिल्मी यात्रा सजिलो थिएन। तर, उनले देखाएको निरन्तर संघर्ष र लगनशीलताले न केवल उनलाई सफल कलाकारको रूपमा स्थापित गरायो, उनले अरू थुप्रै बाह्य कलाकारहरूका लागि हलिउड प्रवेश गर्ने ढोका पनि खोले।
उनले अभिनय गरेको (डान्सेस विथ वुल्भ्स) ले १२ वटा ओस्करमा मनोनयन पाएको थियो भने ७ विधामा विजेता बन्न सफल भएको थियो। मिडिया रिपोर्टहरू अनुसार, निधनको समयमा ग्रीनको कुल सम्पत्ति अनुमानित १० लाख अमेरिकी डलर रहेको बताइएको छ।
ग्राहम ग्रीनको निधनले हलिउड तथा विश्व चलचित्र क्षेत्रमा ठूलो क्षति पुगेको छ। उनका प्रशंसक, सहकर्मी तथा चलचित्रप्रेमीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
