नेभिगेशन

अष्ट्रेलियामा दुई नेपाली नर्सको दुखद निधन

नेपाल हेल्थ न्युज, मेलबर्न । अष्ट्रेलियाको मेलबर्नस्थित (ह्युम फ्रीवेमा) भएको एक दुखद घटनामा दुई नेपाली नर्सले ज्यान गुमाएका छन्।

२०२५ सेप्टेम्बर ४, बिहीबार राति करिब १० बजेको समयमा सर्ला खड्का र अरेजा सुवाल नामक ३० वर्षीय दुई जना नेपाली नर्सले सडकमा घाइते अवस्थामा भेटिएको कंगारूलाई सहायता गर्न आफ्नो सवारी रोकेका थिए।

तर, त्यस क्रममा ती दुवैजना अर्को सवारीले उनीहरुलाई ठक्कर दिएको थियो । सर्ला खड्काको घटनास्थलमै निधन भएको थियो भने गम्भीर घाइते अरेजा सुवाललाई अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन।

दुवै जना अल्फ्रेड अस्पतालमा कार्यरत थिए र उनीहरूबीचको मित्रता झन्डै १४ वर्ष लामो थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट