नेपाल हेल्थ न्युज, काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा उत्रिएका जेनजी प्रदर्शनहरू हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचारका क्रममा प्रदर्शनकारीहरूको ज्यान गएको हो। ट्रमा सेन्टरमा मात्रै ९ जनाले ज्यान गुमाएका छन्। अस्पताल स्रोतका अनुसार थप दुई जनाको मृत्यु ट्रमा सेन्टरमा भएको पुष्टि भएको छ।
अन्य अस्पतालहरूको विवरण हेर्दा, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, शिक्षण अस्पताल (त्रिवि) मा १ र काठमाडौं मेडिकल कलेज मा १ जनाको मृत्यु भएको बताइएको छ।
गम्भीर घाइते भएका व्यक्तिहरूको उपचार भइरहेको भए पनि मृत्यु संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। अहिले प्रदर्शन नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३ट्रेन्डिङ
