नेपाल हेल्थ न्यज, काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
सुरक्षा स्रोतका अनुसार मृतकमध्ये भुपेन्द्र खत्री (दैलेख), समिर थापा (बाँके), उमेश विष्ट (अछाम), जगत देउवा (कैलाली), र दिनेश घर्तीमगर (दाङ) रहेका छन्।
घटना गएराति सुधारगृहमा कैदीहरू भाग्ने प्रयासको क्रममा भएको हो। त्यतिबेला प्रहरीले रोक्न खोज्दा झडप भएको बताइएको छ।
घाइते भएका सात जनालाई नेपालगञ्जको भेरी अस्पताल पुर्याइएको थियो, जसमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो। बाँकी दुई जनाको अहिले उपचार भइरहेको छ।
देशभर जारी आन्दोलनको असर सुधारगृहसम्म पुगेको देखिन्छ। केही बालबन्दीहरू भागेका छन् भने केही अझै सुधारगृहभित्रै रहेका छन्।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३ट्रेन्डिङ
