नेपाल हेल्थ न्युज काठमाडौं । प्रसिद्ध आँखा विशेषज्ञ डा. सन्दुक रुइतले आफ्नो पेशा र कर्मबाटै नेपाल र नेपालीहरूको हितमा निरन्तर योगदान दिइरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज मन्त्रिपरिषद् विस्तारको दिन एक विज्ञप्ति जारी गर्दै डा. रुइतले आफ्नो भूमिकाबारे स्पष्ट गर्दै भन्नुभयो, “राजनीतिक परिवर्तनपछि विभिन्न पदमा नेतृत्व गर्न अनुरोध आउने गर्दछ। तर म आफ्नो ध्यान बिरामीहरूको सेवा र ज्ञान सँगै नेपाली र विश्वभर नेपाललाई चिनाउनमा केन्द्रित छु।”
आँखा रोग र अन्धोपन निवारणमा विशेष भूमिका निभाउँदै आएका डा. रुइतले देशको स्वास्थ्य सेवा सुधार र समृद्धि निम्ति इमान्दारीपूर्वक काम गर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “देशको समृद्धि र विकास सबैले इमान्दारीपूर्वक आफ्नो पेशा र कर्ममा जुटेमा छिट्टै सम्भव छ। म मेरो पेशा र सेवा मार्फत सधैं देश र जनताको भलाइमा योगदान दिनेछु।”
डा. रुइतले स्वास्थ्य सेवा र नेपालीहरुको कल्याणका लागि निरन्तर आफ्नो ऊर्जा लगाउने प्रतिबद्धता जनाएसँगै, नेपाली समाजमा उहाँको योगदानलाई सम्मान र अपेक्षा गरिएको छ।

विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
