नेपाल हेल्थ न्युज, काठमाडौं । हाम्रो शरीर बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौँ र लिन्छौं तर शरीरभित्र अनगिन्ती कोषहरू, नसाहरू, रगत नलीहरू, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरू छन् भने टाउकोभित्र मस्तिष्क र यसका अनगिन्ती कोषहरू छन् । वैज्ञानिकहरू भन्छन्, “शरीर एउटा शक्ति मात्र हो र यो इनर्जीमा कम्पन भइराखेको छ । शरीर नै इनर्जी हो भने हाम्रा विचारहरू, भावनाहरू सबै इनर्जी नै भए ।
हाम्रो शरीरलाई विभिन्न रोगहरूबाट बचाउन शरीरभित्रै, प्रतिरोधात्मक क्षमता छ अर्थात् रोगहरूसँग लड्ने निकै शक्तिशाली फौज छ वा आर्मी छ । रोगहरूसँग लड्ने यो प्रतिरोधात्मक क्षमता यति बलियो छ किसिमका रोगका कीटाणुहरूलाई मार्न सक्छ, निष्क्रिय पार्न सक्छ । जब हाम्रो यो प्रतिरोधात्मक क्षमता वा कमजोर हुन्छ, शरीरमा रोगले आक्रमण गर्न थाल्छन् र जति प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यति रोगले जकड्दै जान्छ ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता जति बलियो छ, त्यति हामी निरोगी कसरी क्षमतालाई कमजोर हुन नदिने वा बलियो बनाइराख्ने । हाम्रो जीवनशैलीमा ध्यान दियौं भने सजिलै छ । जस्तैः चुरोट, सुर्ती, खैनी आदि सेवन नगर्ने, फलफूलहरू, हरियो सागपात, गेडागुडी खानामा समावेश गर्ने, बढी चिल्लो खानेकुराहरू र चिनीको प्रयोग सकेसम्म कम गर्ने गर्दा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुँदैन रहेछ।
तर यतिले मात्र पुग्दैन । नियमित शारीरिक व्यायाम गर्ने, आफ्नो तौल बढ्न नदिने अर्थात् नमोटाउने र प्रदूषित वातावरणबाट बच्नुपदो रहेछ । सरसफाइमा ध्यान दिने, सात घण्टा नियमित सुत्ने, जङ्क फुड नखाने र मानसिक तनाव छ भने त्यसको व्यवस्थापन गर्नुपर्दो रहेछ ।
एउटा महत्त्वपूर्ण कुरा त अझ बाँकी नै छ । त्यो हो, नकारात्मक भावनाहरू र विचारहरू । भनिन्छ, ८५ प्रतिशत जति सबै रोगहरू हृदयरोग र क्यान्सरलगायत नकारात्मक भावनाहरू र सोचहरूबाट प्रभावित हुन्छन् । यी नकारात्मक भावनाहरू र सोचहरूले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छन् ।
एउटा उदाहरण
धेरै वर्षपहिले हिमाली क्षेत्रको एउटा गुफामा एक जना सिद्धपुरुष बस्थे । उहाँलाई भेट्न र ज्ञान सिक्नका लागि धेरै टाढा-टाढाबाट मानिसहरू आइरहन्थे । नजिकैको गाउँबाट भेडा चराउन एउटा गोठालो त्यही गुफानजिकै आउने रहेछन् । मानिसहरूको आवतजावत र त्यो गुफावरिपरि भिड लागिरहेको हेर्दै दिन बिताउन गोठालोलाई सजिलो लाग्ने रहेछ ।
मानिसहरू ती सिद्धपुरुषसँग के सिक्न आउने रहेछन् भन्ने जान्न गोठालोलाई उत्सुकता लागेछ र एक दिन अरू मानसिहरू नभएको बेला पारेर सन्तकहाँ गएछन् र अनुरोध गरेछन्, “मलाई पनि केही सिक्न मन लाग्यो, के मैले सिक्न सक्छु ?”
ती सिद्धपुरुषले गोठालोलाई भनेछन्, “हुन्छ, सिक्न सक्छौ । तिमीले दुईवटा झोला तयार पारेर लिएर आऊ ।” गोठालोले दुईवटा झोला लिएर आएछन् । अनि सिद्धपुरुषले भनेछन्, “तिमी जुन ठाउँमा बसेर धेरै समय बिताउँछौं, त्यहाँ सेतो र कालो रङका स-साना ढुङ्गाहरू जम्मा पार ।
एउटा झोला आफ्नो दाहिनेतर्फ र अर्को बायाँतर्फ राख । अब तिमीले तिम्रो मनमा हेर, मनमा कस्ता विचारहरू आउने रहेछन हेर । राम्रो विचार आए एउटा सेतो दगा दाहिनेतिरको झोलामा राख ।
नराम्रोविचार आए बायाँतिरको झोलामा कालो दङ्गा राख । दुई-तीन दिन यो अभ्यास गरेपछि भेट । गोठालोले पनि सन्तले भने जस्तै गर्न लागेछ । आफ्नो मनमा हेर्दा नराम्रा विचारहरू नै बढी आउने र राम्रा विचारहरू दुई-तीनवटा मात्र आउँदा रहेछन् । आफ्नो बारे, आफ्ना गाउँका मान्छेहरूबारे, भेडाहरूबारे नराम्रो वा खराब विचारहरू मात्र बढी आउने रहेछन् ।
तीन दिनपछि सन्तकहाँ आएर गाठालोले आफ्नो अनुभव बताएछन् । सुरु-सुरुमा यस्तै हुन्छ, तिमी आफ्नो मनमा हेर्ने र ढुङ्गा झोलामा राख्ने अभ्यास गरिराख, केही समयपछि फेरि भेट भनेछन् । गोठालोले जति अभ्यास गर्दै गए, नराम्रा विचार घट्दै गएका र राम्रा विचार बढ्दै गएको अनुभव गर्न थाले ।
भनिन्छ, ७५ प्रतिशत हाम्रा विचारहरू नकारात्मक हुन्छन् र तिनैको प्रभावमा हामी हुन्छौँ । विचार पनि यति छिटो-छिटो आउने र जाने गर्छन् कि हामीलाई थाहा पाउन नै मुस्किल हुन्छ । मन एकत्रित गरेर विचार हेर्न लाग्यो भने केही समयपछि आफ्नो विचार पहिल्याउन सक्ने भइन्छ ।
जब विचारहरूलाई चिनिन्छ, नकारात्मक विचार आयो भने किन आयो, के सन्दर्भमा आयो, थाहा पनि पाइन्छ । यदि नराम्रा विचारहरू आएर दुःख दिने रहेछन् भन्ने थाहा पाइयो भने ती स्वतः घट्न थाल्छन् र राम्रा विचारहरू बढ्दै जान्छन् अर्थात् सहयोगी भाव, प्रेमभाव बढ्दै जान्छन् ।
नकारात्मक भावनाहरूमा रिस, लोभ, घृणा, ईष्र्या र डरहरू मुख्य मानिन्छन्, त्यसो त अरू धेरै नकारात्मक भावनाहरू पनि छन् । त्यसैले शरीर, मन र वचनले कसैको हानि नगर्नु, कसैको चित्त नदुखाउनु भनेको होला । नकारात्मक भावबाट मुक्त हुनका लागि आफूले कसैको मन दुखाएको भए आफैँलाई माफ गर्ने र अरूले आफ्नो मन दुखाएको भए अरूलाई माफ गर्ने अभ्यास गर्नुपर्छ । प्रायः अरूलाई माफ गर्न मानिसहरू तयार हुँदैनन्, आफूभित्रको अहम्ले गर्दा बदलाको भावना
लिइरहन्छन्, जुन नकारात्मक भाव हो । यस्तो गर्न आफ्नै खाल्डो खन्न हो किनकि रोगसँग लड्ने क्षमता आफ्नै घट्छ र रोगको सिकार भइन्छ । कुनै सर्तबिना आफ्नो मन दुखाउने, आफूलाई दुःख दिनेहरूलाई आफ्नो
मनमनै माफी दिन उत्तम हो । मन दुखाउने व्यक्तिहरू कहाँ गएर बा भेटेर मैले माफी दिएँ भन्नुपर्दैन । आफ्नो मनको भावमा परिवर्तन गर्ने हो, रिसको भाव, ईष्र्याको भाव र बदलाको भावको भारी बिसाउने हो, आफू ती भावबाट मुक्त हुनु हो । तर केही व्यक्तिहरू अरूप्रति रिस, घृणा र र बदलाको भावना बोकेका कारण चिन्तारोग, डिप्रेसनका लक्षणहरू लिएर आउने गरको मैले भेटेको छु ।
एक जना अधबैंसे महिला लामो समयदेखि टाउको दुख्ने, मन निराश हुने र निद्रा नलाग्ने समस्या लिएर आउनुभयो । खोतल्दै जाँदा उहाँलाई डिप्रेसन भएको रहेछ । मानसिक तनाव दिने कारणहरू सोध्दा उहाँलाई सबै आफन्तजनले धोखा दिएका छन्, दुःख दिएका छन् र सताएका छन् भन्नुभयो । तनाव कम गर्नुपर्यो, मनमनै तिनीहरू सबैलाई माफ गर्नुहोस् अनि छिटो निको हुनुहुन्छ भन्दा उहाँले भन्नुभयो, “कुनै पनि हालतमा माफ गर्न त सक्दिनँ ।
त्यस्तै हामी धेरै कुराहरूलाई लिएर डराइरहेका हुन्छौं, चिन्ता लिइरहेका हुन्छौं । जस्तैः परिवारका सदस्यहरूलाई केही हुन्छ कि ? आफूलाई रोग लाग्छ कि ? दिमागले काम गर्दैन कि ? आदि(आदि। आफ्नो परिवारसँग समय बिताउँदा, बच्चाहरूसँग खेल्दा, योग वा ध्यान गर्दा यी नकारात्मक सोचहरू घट्छन् ।
नकारात्मक भावनाहरूले मानसिक तनाव बढ्छ, लगातारको मानसिक तनावले रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता ह्रास हुन्छ र कुनै रोगले आक्रमण गर्छ । रोग लागेपछि यसले मानसिक तनावलाई अझ बढाउँछ र रोग घट्नुको बदला बढ्छ । त्यसैले जो व्यक्तिहरू आक्रामक खालका छन्, रिसाहा प्रवृत्तिका छन्, जहिल्यै पनि दौडधुप मात्र गर्छन् र आराम गर्न चाहँदैनन्, निद्रा पुग्दैन, खानपिनमा ध्यान दिदैनन्, परिवारसँग समय
बिताउँदैनन, उनीहरूलाई बढी स्वास्थ्य समस्याहरू हुन्छन र कतिलाई हृदयाघात हुने खतरासमेत हुन्छ । नकारात्मक सोचहरूले मानसिक तनाव बढाउँछन् । लगातारको मात्तसिक तनाव महिनौंसम्म रहिरहेमा शरीरको रोगसँग लड्ने क्षमता घट्छ र विभिन्न रोगहरूले सताउन थाल्छन् । नकारात्मक सोचहरू बढी आउन भनेको चिन्ता बढ्नु हो र जति चिन्ता बढ्यो, त्यति डर लाग्ने, आत्तिने हुन्छ ।
त्यसैले रिसलाई, निराशापनलाई, डरलाई र मानसिक तनावलाई बेवास्ता नगर्नुहोस् र आफ्नो जीवनशैलीलाई सुधार्नुहोस् । स्वस्थ रहन चाहनुहन्छ र आनन्दको जीवन जिउन चाहनुहुन्छ भने यो नै मन्त्र हो ।
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२

