नेपाल हेल्थ न्युज, भारत । दक्षिण भारतको केरला राज्यमा एक दुर्लभ तर प्राणघातक अमिबा संक्रमणको दर बढेपछि भारतीय स्वास्थ्य अधिकारीहरूले विशेष सावधानी अपनाउन आह्वान गरेका छन्। यो अमिबा नेग्लेरिया फोलेरी का कारण मानिसको मस्तिष्कमा गम्भीर असर पुर्याउने गर्दछ।
यस वर्ष अहिले सम्म ७२ जनामा संक्रमण देखिएको छ भने १९ जनाको मृत्यु भइसकेको छ। विशेष गरी सेप्टेम्बर महिनामा मात्र २४ नयाँ संक्रमण र ९ मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष संक्रमण र मृत्यु दर झण्डै दोब्बर पुगेको छ।
भारत सरकारले गठन गरेको स्वास्थ्य टास्क फोर्सका चिकित्सक डा. अल्ताफ अलीका अनुसार, राज्यभर परीक्षण र निगरानी कार्य तीव्र पारिएको छ। उहाँले भन्नुभयो, अघिल्लो वर्षसम्म सिमित क्षेत्रमा मात्र देखिएको यो संक्रमण यसपालि राज्यभर देखिन थालेको छ, जुन गम्भीर चिन्ताको विषय हो।
अमेरिकी रोग नियन्त्रण संस्था का अनुसार, यो अमिबा प्रायः तातो पानी भएका ताल, नदी र पोखरीमा पाइन्छ। यसले नाकमार्फत शरीरभित्र प्रवेश गरी मस्तिष्कसम्म पुगेर संक्रमण फैलाउँछ। मस्तिष्कमा पुग्नेबित्तिकै तन्तुहरूलाई क्षति पुर्याउने यसले ९५ प्रतिशतभन्दा बढी मृत्युको जोखिम निम्त्याउने गर्छ।
यो संक्रमण व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। तर, तातो पानीमा पौडी खेल्दा या नाकमा पानी पस्दा जोखिम बढी हुन्छ। लक्षणहरूमा टाउको दुख्ने, ज्वरो आउने, वान्ता लाग्ने, मानसिक भ्रम, चेतनामा कमी आउने र कोमासम्म पुग्ने स्थिति देखिन्छन्।
विश्व स्वास्थ्य सङ्गठन ले यसलाई अत्यन्तै दुर्लभ तर घातक रोगको रूपमा चिनाएको छ। सन् १९६२ देखि हालसम्म विश्वभर करिब ५०० वटा घटना मात्र रिपोर्ट भएका छन्, जसमा भारत, अमेरिका, पाकिस्तान र अस्ट्रेलिया प्रमुख छन्।
सावधानीका लागि सुझावः
- तातो पानी भएको प्राकृतिक स्रोतहरूमा पौडी खेल्दा नाकमा पानी जान नदिने
- संदेह लागेमा तुरुन्तै स्वास्थ्य परीक्षण गराउने
- स्वच्छता र सुरक्षाको पालना गर्ने
उच्च अदालतको फैसलापछि चिकित्सक संघको निर्वाचन प्रक्रिया खुला
बुधबार, चैत ११, २०८२
सञ्जीवनी टिचिङ हस्पिटलमा एमआरआई सेवा सुरु
बुधबार, चैत ११, २०८२
स्वास्थ्य मन्त्री डा. गौतमको अनौपचारिक विदाइ
बुधबार, चैत ११, २०८२
चिकित्सक टोली हिमालमा
बुधबार, चैत ११, २०८२
