नेपाल हेल्थ न्युज, काठमाडौं । करिब एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्यक्रम आगामी मङ्गलबार, २०८२ असोज ७ गतेदेखि पुनः सुरु हुने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।

मेयर शाहका अनुसार पहिलो चरणमा देशभरका दुर्गम र पछाडि परेका ३५ वटा गाउँपालिकामा एम्बुलेन्स वितरण गरिनेछ। यी पालिकाहरू पारदर्शी मापदण्डको आधारमा छनौट गरिएको हो, जसमा स्वास्थ्य सेवा अभाव, भौगोलिक कठिनाइ, र आपतकालीन स्वास्थ्य पहुँचमा समस्या भएका क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ।
“हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो,” मेयर शाहले स्टाटसमा उल्लेख गरेका छन्।

उनले एम्बुलेन्स वितरण कार्यक्रमलाई सुरुवातको चरण भनेका छन् र कोही पनि नेपाली नागरिकले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने लक्ष्य राखिएको जनाएका छन्।
श्रोतका अनुसार वितरणका लागि पालिका छनौट गर्दा स्थानीय आवश्यकता, स्वास्थ्य सेवा पहुँच, र समग्र सामाजिक अवस्थाको मूल्यांकन गरेको बताइएको छ।
यसअघि विभिन्न प्रशासनिक र प्राविधिक कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य पुनः सुरु भएसँगै देशका दुर्गम बासिन्दाहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
