नेपाल हेल्थ न्युज, बाजुरा । जिल्ला अस्पताल बाजुरामा झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल) अभाव भएको पाइएको छ। निशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू थप समस्यामा परेका छन्।
झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल नपाउँदा बिरामी र आफन्तहरू हैरान भएका छन्। स्थानीय बासिन्दा गणेशराज तिमिल्सेनाका अनुसार अस्पतालमा जीवनजल माग्दा स्वास्थ्यकर्मीहरूले स्पष्ट जवाफ दिन नसकेको गुनासो छ। सोध्दा सकिएको भन्ने मात्रै भनियो, तर कहिले आउने हो भन्ने पनि थाहा थिएन, तिमिल्सेनाले बताउनुभयो।
अस्पतालका सूचना अधिकारी नृपराज गिरीले टेलिफोनमार्फत बोल्दै जीवनजल सकिएको हुन सक्ने बताउनुभएको छ। हाल नयाँ खरिद प्रक्रिया अगाडि बढिरहेकोले चाँडै जीवनजल उपलब्ध हुने उहाँको भनाइ छ।
स्वास्थ्य कार्यालय बाजुराले आपतकालीन रूपमा एक सय पाकेट जीवनजल पठाएको थियो, तर दुई दिनमै ती समाप्त भएका छन्। नियमित आपूर्तिमा ढिलाइ हुँदा जिल्लामा झाडापखालाका बिरामीहरू थप जोखिममा पर्न थालेका छन्।
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
