नेपाल हेल्थ न्युज, नयाँ दिल्ली । तमिलनाडुस्थित एक औषधि कम्पनीद्वारा उत्पादन गरिएको खोकीको सिरप सेवनपछि मध्य प्रदेशमा कम्तीमा २० बालबालिकाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्यमा गम्भीर असर पार्ने गरी उत्पादन गरिएको ‘कोल्ड्रिफ’ नामक सिरपका कारण मृत्यु भएको बताइएको छ।
यस घटनापछि प्रहरीले चेन्नईबाट औषधि निर्माता कम्पनी स्रसेन फार्माका संचालक एस. रंगनाथनलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, सिरपमा हानिकारक रसायन मिसिएको पुष्टि भएको छ, जसले बालबालिकाको ज्यान लिएको हो।
मध्य प्रदेशको छिन्दवाडाका प्रहरी प्रमुख अजय पाण्डेका अनुसार, रंगनाथनलाई चेन्नईको अदालतमा प्रस्तुत गरिनेछ र ट्रान्जिट रिमान्ड लिएर उनलाई मध्य प्रदेश ल्याइनेछ।
स्रोतका अनुसार, प्रारम्भिक अनुसन्धानले स्रसेन फार्माले उत्पादन प्रक्रियामा आवश्यक गुणस्तर मापदण्डको पालना नगरेको देखिएको छ। त्यसैका कारण यस्तो घातक औषधि बजारमा पुगेको हो।
चेन्नईस्थित कम्पनीको कार्यालयमा छापा मारेर प्रहरीले आवश्यक कागजातहरू जफत गरिसकेको छ। घटनाबारे अनुसन्धान अझै तीव्र पारिएको छ र अन्य व्यक्ति तथा फार्मेसीहरूमाथि पनि अनुसन्धान भइरहेको छ।
स्वास्थ्य विभागले अभिभावकहरूलाई ‘कोल्ड्रिफ’ सिरप तत्काल प्रयोग नगर्न र बच्चाहरूमा कुनै लक्षण देखिएमा छिटो स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अपिल गरेको छ।
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
